बुटवल र भैरहवामा नयाँ क्रेटा ईभी सार्वजनिक, ३० भन्दा बढी युनिट बुकिङ

बुटवल । नेपालका लागि हुन्डाई सवारी साधनको एकमात्र आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले बुटवल–भैरहवा क्षेत्रमा नयाँ इलेक्ट्रिक सवारी साधन क्रेटा ईभी सार्वजनिक गरेको छ । सिधि विनायक मोटोकर्प प्रालि, बुटवल र जगत मोटर्स प्रालि, भैरहवाको संयुक्त आयोजनामा मधुग्रामस्थित बोधि भवनमा आयोजित विशेष अन्तरक्रिया कार्यक्रममार्फत उक्त मोडल सार्वजनिक गरिएको हो । कार्यक्रममा हुन्डाईप्रति ग्राहकहरूको उल्लेखनीय उत्साह […]

May 15, 2025 - 09:31
 0
बुटवल र भैरहवामा नयाँ क्रेटा ईभी सार्वजनिक, ३० भन्दा बढी युनिट बुकिङ

बुटवल । नेपालका लागि हुन्डाई सवारी साधनको एकमात्र आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले बुटवल–भैरहवा क्षेत्रमा नयाँ इलेक्ट्रिक सवारी साधन क्रेटा ईभी सार्वजनिक गरेको छ ।

सिधि विनायक मोटोकर्प प्रालि, बुटवल र जगत मोटर्स प्रालि, भैरहवाको संयुक्त आयोजनामा मधुग्रामस्थित बोधि भवनमा आयोजित विशेष अन्तरक्रिया कार्यक्रममार्फत उक्त मोडल सार्वजनिक गरिएको हो ।

कार्यक्रममा हुन्डाईप्रति ग्राहकहरूको उल्लेखनीय उत्साह र सहभागिता देखिएको कम्पनीले जनाएको छ । सोही अवसरमा क्रेटा ईभीका ३० युनिट बुकिङ भएका छन् भने १० युनिट सवारी साधनको तत्काल हस्तान्तरणसमेत गरिएको थियो ।

लक्ष्मी इन्टरकन्टिनेन्टलका अनुसार क्रेटा ईभीको आगमनले विद्युतीय सवारी सम्बन्धी भ्रम चिर्दै उपभोक्तामा स्पष्ट जानकारी पुर्‍याउने विश्वास छ । कम्पनीले क्रेटा ईभी र क्रेटा ICE (पेट्रोल) मोडल एउटै प्लेटफर्ममा आधारित भएकाले बिक्रीपछिको सेवामा कुनै समस्या नआउने दाबी गरेको छ ।

ईभी खरिदमा देखिने स्पेयर पार्ट्स उपलब्धता, सेवा शुल्क र ब्रान्ड सपोर्ट जस्ता मुख्य चिन्तालाई सम्बोधन गर्दै, कम्पनीले देशभर ६६ वटा DC र AC चार्जिङ स्टेशन स्थापना गरिसकेको जानकारी दिएको छ । ईभी इकोसिस्टम सुदृढ बनाउन ‘RE-Lax’ चार्जिङ नेटवर्कलाई समेत विस्तार गरिएको उल्लेख गरिएको छ ।

कम्पनीका उच्च व्यवस्थापन टोलीले देशभर डिलरहरूसँग प्रत्यक्ष भेटघाट र अन्तरक्रिया गर्दै EV को सन्देश फैलाउने अभियान पनि सुरु गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register