हुम्लामा बिहानैदेखि बाक्लो हिमपात

हुम्ला । सदरमुकाम सिमकोटमा हिमपात सुरु भएको छ । जिल्लाको उत्तरी नाम्खा गाउँपालिकासहित उच्च भेगमा बिहानैदेखि हिमपात भएको थियो । सदरमुकाम सिमकोटमा पनि हिउँ एक इन्चसम्म जमेको छ । नाम्खा गाउँपालिकाका सबै वडामा हिमपात भइरहेको नाम्खा गाउँपालिका-६, लिमीका वडाध्यक्ष पाल्जोर तामाङले जानकारी दिए । लिमीमा दुई इन्चभन्दा बढी हिउँ जमिसकेको छ । यसवर्ष जिल्लामा पाँचौँ […]

Jan 16, 2025 - 09:05
 0
हुम्लामा बिहानैदेखि बाक्लो हिमपात

हुम्ला । सदरमुकाम सिमकोटमा हिमपात सुरु भएको छ ।

जिल्लाको उत्तरी नाम्खा गाउँपालिकासहित उच्च भेगमा बिहानैदेखि हिमपात भएको थियो । सदरमुकाम सिमकोटमा पनि हिउँ एक इन्चसम्म जमेको छ ।

नाम्खा गाउँपालिकाका सबै वडामा हिमपात भइरहेको नाम्खा गाउँपालिका-६, लिमीका वडाध्यक्ष पाल्जोर तामाङले जानकारी दिए । लिमीमा दुई इन्चभन्दा बढी हिउँ जमिसकेको छ ।

यसवर्ष जिल्लामा पाँचौँ पटक हिमपात भएको हो । यसवर्षको पहिलो हिमपात गत मङ्सिर ११ गते भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register