इन्दु बर्माको विस्फोटक ब्याटिङमा बहराइनमाथि नेपालको जित

विश्वकप महिला टी–२० को एसिया छनोटमा नेपालले बिहीबार दोस्रो जित हात पारेको छ । थाइल्यान्डमा बिहीबार भएको खेलमा नेपालले बहराइनलाई पराजित गरेको हो । समूह सी मा रहेको नेपालले बहराइनलाई दुवैपटक पराजित गरेको हो । बहराइनले १३ औँ ओभरमा ३ विकेट गुमाएर ७६ रन बनाएको अवस्थमा वर्षाका कारण खेल रोकिएको थियो । त्यसपछि डीएलएसअनुसार नेपाले […]

May 15, 2025 - 11:07
 0
इन्दु बर्माको विस्फोटक ब्याटिङमा बहराइनमाथि नेपालको जित

विश्वकप महिला टी–२० को एसिया छनोटमा नेपालले बिहीबार दोस्रो जित हात पारेको छ । थाइल्यान्डमा बिहीबार भएको खेलमा नेपालले बहराइनलाई पराजित गरेको हो । समूह सी मा रहेको नेपालले बहराइनलाई दुवैपटक पराजित गरेको हो ।

बहराइनले १३ औँ ओभरमा ३ विकेट गुमाएर ७६ रन बनाएको अवस्थमा वर्षाका कारण खेल रोकिएको थियो । त्यसपछि डीएलएसअनुसार नेपाले ७ ओभरमा ५६ रनको लक्ष्य पायो । जसमा कप्तान इन्दु बर्माले विस्फोटक ब्याटिङ गरी नेपाललाई दोस्रो जित दिलाइन् ।

बर्माले ७ बलमा नटआउट २४ रन बनाइन् । यस्तै पुजा महतोले ११ बलमा १३ रन बनाउँदा सम्झना खड्काले पाँच बलमा पाँच रनको योगदान दिइन् ।

प्रतियोगितामा नेपालले हङकङसँगको एक खेलमा हार व्यवहोरेको थियो भने अर्को खेलमा पराजित भएको थियो । अघिल्लो चरणमा जान अब हङकङ र बहराइनबीचको खेल निर्णायक हुने देखिएको छ । यदी सो खेलमा बहराइन विजयी भए नेपाल अघिल्लो चरणमा जाने सम्भावना रहनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register