एलआइसी नेपालले १०.५२६ प्रतिशत लाभांश दिने

काठमाडौँ । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी) नेपालले लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई १०.५२६ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । कम्पनीको बैशाख ३१ गते बुधबार बसेको संचालक समितिको बैठकले १० प्रतिशत बोनस सेयर र ०.५२६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । कम्पनीले हाल कायम ५ अर्ब […]

May 15, 2025 - 12:22
 0
एलआइसी नेपालले १०.५२६ प्रतिशत लाभांश दिने

काठमाडौँ । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी) नेपालले लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई १०.५२६ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

कम्पनीको बैशाख ३१ गते बुधबार बसेको संचालक समितिको बैठकले १० प्रतिशत बोनस सेयर र ०.५२६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । कम्पनीले हाल कायम ५ अर्ब रुपैयाँ चुक्ता पुँजीमा उक्त बोनस सेयर घोषणा गरेको हो ।

उक्त प्रस्तावित बोनस सेयर नियामक नेपाल बिमा प्राधिकरण र एलआइसी नेपालको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र सेयरधनीमा वितरण हुनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register