इजरायली हवाई आक्रमणमा ९४ प्यालेस्टिनीको मृत्यु

काठमाडौं । गाजामा इजरायली हवाई आक्रमणमा कम्तीमा ९४ प्यालेस्टिनीको मृत्यु भएको छ । धेरैजसो मानिसहरू गाजाको दक्षिणमा रहेको शहर खान युनिसमा मृत्यु भएको बीबीसीले जनाएको छ । हमासद्वारा सञ्चालित नागरिक रक्षा एजेन्सीका प्रवक्ता महमूद बसलले बताएअनुसार बिहान २ बजे (स्थानीय गाजा समय) देखि उद्धार टोलीले खान युनिसबाट ५६, उत्तरी गाजाको बेत लाहियाबाट चार र मध्य […]

May 15, 2025 - 12:55
 0
इजरायली हवाई आक्रमणमा ९४ प्यालेस्टिनीको मृत्यु

काठमाडौं । गाजामा इजरायली हवाई आक्रमणमा कम्तीमा ९४ प्यालेस्टिनीको मृत्यु भएको छ ।

धेरैजसो मानिसहरू गाजाको दक्षिणमा रहेको शहर खान युनिसमा मृत्यु भएको बीबीसीले जनाएको छ ।

हमासद्वारा सञ्चालित नागरिक रक्षा एजेन्सीका प्रवक्ता महमूद बसलले बताएअनुसार बिहान २ बजे (स्थानीय गाजा समय) देखि उद्धार टोलीले खान युनिसबाट ५६, उत्तरी गाजाको बेत लाहियाबाट चार र मध्य गाजाको देइर अल-बलाहबाट दुई जनाको शव निकालेको छ ।

यी हवाई आक्रमणमा मारिनेहरूमा महिला, बालबालिका र एक नवजात शिशु छन् ।

प्रवक्ता महमूद बसलले भने, “यस आक्रमणमा खान युनिसका एक परिवारका १३ सदस्यको पनि मृत्यु भएको छ ।”

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register