अष्ट्रेलियासँगको अन्तिम टेस्टमा भारतको खराब सुरुवात

काठमाडौं । सिड्नीमा जारी पाँचौं टेस्ट क्रिकेटमा घरेलु टोली अष्ट्रेलियासँगको खेलमा भारतले खराब सुरुवात गरेको छ । बोर्डर–गावस्कर ट्रफीको अन्तिम खेलमा भारतले लन्चसम्म ३ विकेट गुमाएको थियो । भारतीय टोलीको २५ ओभरमा स्कोर ५७ रन बनाएको थियो । शुभमन गिल २० रन बनाएर आउट भए । त्यसअघि १७ रनको स्कोरमा दुई भारतीय ब्याट्सम्यान पेभिलियन फर्किएका […]

Jan 3, 2025 - 02:02
 0
अष्ट्रेलियासँगको अन्तिम टेस्टमा भारतको खराब सुरुवात

काठमाडौं । सिड्नीमा जारी पाँचौं टेस्ट क्रिकेटमा घरेलु टोली अष्ट्रेलियासँगको खेलमा भारतले खराब सुरुवात गरेको छ ।

बोर्डर–गावस्कर ट्रफीको अन्तिम खेलमा भारतले लन्चसम्म ३ विकेट गुमाएको थियो । भारतीय टोलीको २५ ओभरमा स्कोर ५७ रन बनाएको थियो । शुभमन गिल २० रन बनाएर आउट भए ।

त्यसअघि १७ रनको स्कोरमा दुई भारतीय ब्याट्सम्यान पेभिलियन फर्किएका थिए ।

खेलमा भारतलाई पहिलो झट्काका रुपमा केएल राहुल मात्र ४ रन बनाएर आउट भए ।

भारतीय टोलीको पहिलो विकेट ११ रनमा खसेको थियो ।

राहुलपछि यशस्वी जैसवाल पनि १० रन बनाएर आउट भए । त्यसपछि विराट कोहली क्रिजमा आएका छन् ।

यो शृङ्खलामा अहिलेसम्म चार खेल खेलिएका छन् । जसमध्ये दुई खेल अस्ट्रेलियाले जितेको छ ।

पहिलो खेल भारतले जितेको थियो । यसबाहेक ब्रिसबेनमा भएको खेल बराबरीमा रोकिएको थियो ।

यस्तो अवस्थामा जारी खेल दुवै टोलीका लागि निकै महत्वपूर्ण छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register