छवटा महानगरमध्ये विराटनगरमा सबैभन्दा कम बेरुजु

काठमाडौं । छ वटा महानगरमध्ये विराटनगर महानगरपालिकामा सबैभन्दा कम बेरुजु देखिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२औं वार्षिक प्रतिवेदनमा विराटनगर महानगरको बेरुजु शून्य दशमलव ३२ प्रतिशत मात्र देखिएको हो । प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०/८१ मा विराटनगर महानगरको रु छ अर्ब ४४ करोड ७६ लाखको लेखापरीक्षण हुँदा जम्मा रु दुई करोड आठ लाख ५७ हजार […]

May 15, 2025 - 13:52
 0
छवटा महानगरमध्ये विराटनगरमा सबैभन्दा कम बेरुजु

काठमाडौं । छ वटा महानगरमध्ये विराटनगर महानगरपालिकामा सबैभन्दा कम बेरुजु देखिएको छ ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२औं वार्षिक प्रतिवेदनमा विराटनगर महानगरको बेरुजु शून्य दशमलव ३२ प्रतिशत मात्र देखिएको हो ।

प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०/८१ मा विराटनगर महानगरको रु छ अर्ब ४४ करोड ७६ लाखको लेखापरीक्षण हुँदा जम्मा रु दुई करोड आठ लाख ५७ हजार मात्र बेरुजु देखिएको हो । आव २०८०/८१ मा रु २१ करोड बेरुजु फछ्र्यौट भएको महानगरको आर्थिक प्रशासन महाशाखाका प्रमुख सञ्जीवकुमार भट्टराईले जानकारी दिए । उनकाअनुसार आर्थिक वर्ष २०७७/७८ मा रु एक अर्ब ६३ करोड ५७ लाख ४३ हजार बेरुजु रहेकामा आव २०७८/७९ मा रु २२ करोड ९४ लाख ८१ हजार थपिएको थियो ।

जसमा आव २०७८/७९ मा रु एक अर्ब १९ करोड ४२ लाख ५२ हजार बेरुजु फछ्र्यौट गरिएको थियो । २०७८/७९ सम्म कुल बेरुजु रु ७६ करोड नौ लाख ७२ हजार रहेकामा आव २०७९/८० मा रु सात करोड ११ लाख ५३ हजार बेरुजु थपिएको थियो । सो आवमा रु २३ करोड ८३ लाख  फछ्र्यौट गरिएको थियो ।

आव २०७९/८० सम्म कुल बेरुजु रु ५० करोड ३८ लाख २५ हजार बाँकी रहेकामा आव २०८०/८१ मा रु दुई करोड आठ लाख थपिएको र रु २१ करोड फछ्र्यौट भई आव २०८०/८१ मा जम्मा रु ३१ करोड ४६ लाख २५ हजार बेरुजु बाँकी रहेको महानगरपालिकाका आर्थिक प्रशासन महाशाखा प्रमुख भट्टराईले जानकारी दिए ।

गत तीन आर्थिक वर्षको महानगरको कुल बेरुजु रु एक अर्ब ६३ करोड ५७ लाख ४३ हजार थियो । महानगरको बेरुजु हरेक आव घट्दै गएको उहाँको भनाइ थियो ।

आव २०७९/८० मा रु सात करोड ११ लाख ५३ हजार बेरुजु रहेकामा २०८०/८१ मा रु दुई करोड आठ लाख मात्रै बेरुजु देखिएको छ । जुन शून्य दशमलव ३२ प्रतिशत मात्रै हो ।

महानगरपालिकाका प्रमुख नागेश कोइरालाले आफूल नेतृत्व सम्हालेदेखि बेरुजुलाई शून्यमा झार्ने लक्ष्यका साथ काम गरिरहेको बताए । महानगरपालिकाको नेतृत्वमा आउँदा झण्डै रु दुई अर्ब बेरुजु रहेकामा अहिले कुल बेरुजु रकम रु ३१ करोडमा झार्न सफल भएको प्रमुख कोइरालाको भनाइ छ । रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register