कुलिङ पिरियड दुई वर्ष राख्ने सहमतिका साथ राज्य व्यवस्था समितिबाट पारित भयो निजामती विधेयक

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिबाट संघीय निजामती सेवा विधेयक परिमार्जनसहित पारित भएको छ । शुक्रबार सिंहदरबारमा बसेको समिति बैठकले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकबारे समितिको अन्तिम मस्यौदा प्रतिवेदनलाई परिमार्जनसहित पारित गरिएको सभापति रामहरि खतिवडाले जानकारी दिए । समितिबाट पारित विधेयकमा कुलिङ पिरियड दुई वर्ष […]

May 16, 2025 - 07:25
 0
कुलिङ पिरियड दुई वर्ष राख्ने सहमतिका साथ राज्य व्यवस्था समितिबाट पारित भयो निजामती विधेयक

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिबाट संघीय निजामती सेवा विधेयक परिमार्जनसहित पारित भएको छ ।

शुक्रबार सिंहदरबारमा बसेको समिति बैठकले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकबारे समितिको अन्तिम मस्यौदा प्रतिवेदनलाई परिमार्जनसहित पारित गरिएको सभापति रामहरि खतिवडाले जानकारी दिए ।

समितिबाट पारित विधेयकमा कुलिङ पिरियड दुई वर्ष राख्ने सहमति जुटेको छ । त्यस्तै निजामती कर्मचारीको अवकाशको उमेर हद ६० वर्ष रहने र १–१ वर्ष कार्यान्वयन विधि अपनाउने सहमतिसमेत जुटेपछि विधेयक पारित भएको हो ।

त्यसअघि बैठकमा गृहमन्त्री रमेश लेखकले कुलिङ पिरियड दुई वर्ष राख्न प्रस्ताव गरेका थिए । त्यस्तै उनले उमेर हद ६० वर्षका विषयमा पनि १–१ वर्ष गरी कार्यान्वयन गर्न प्रस्ताव गरेका थिए ।
उनले औसत आयु बढेको अवस्था र अन्तर्राष्ट्रिय अभ्यासलाई अध्ययन गरेर नै पहिलो आर्थिक वर्षमा १ र अर्को आर्थिक बर्षमा १ गरेर उमेर हद ५८ बाट ६० बनाउन सुझाव दिएको उल्लेख गरे ।

निजामती सेवा विधेयक २०८० फागुन २१ गते प्रतिनिधिसभामा दर्ता भएको थियो । सैद्धान्तिक छलफल गरेर प्रतिनिधिसभाले दफावार छलफलका लागि २०८१ जेठ १५ मा राज्य व्यवस्था समितिमा पठाएको थियो । संघीय निजामती सेवासम्बन्धी विधेयकमा सांसदहरूले १२४ समूहमा एक हजार ५८३ वटा संशोधन दर्ता गराएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register