भारतबाट पक्राउ परे दुर्गा प्रसाईं
काठमाडौं । गत चैत १५ गते भएको राजावादीको हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं भारतमा पक्राउ परेका छन् । पारिवारिक स्रोतका अनुसार, आसाम प्रहरीले उनलाई पूर्वी नाका काँकरभिट्टामा नेपाल प्रहरीलाई बुझाउने तयारी गरिरहेको छ। गत चैत १५ गतेको राजसंस्थावादी आन्दोलनपछि प्रसाईं वेपत्ता भएका थिए। उनले आफ्नो ज्यान खतरामा रहेको भन्दै सामाजिक सञ्जालमार्फत पटक/पटक भिडियो सन्देशहरू […]

काठमाडौं । गत चैत १५ गते भएको राजावादीको हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं भारतमा पक्राउ परेका छन् ।
पारिवारिक स्रोतका अनुसार, आसाम प्रहरीले उनलाई पूर्वी नाका काँकरभिट्टामा नेपाल प्रहरीलाई बुझाउने तयारी गरिरहेको छ।
गत चैत १५ गतेको राजसंस्थावादी आन्दोलनपछि प्रसाईं वेपत्ता भएका थिए। उनले आफ्नो ज्यान खतरामा रहेको भन्दै सामाजिक सञ्जालमार्फत पटक/पटक भिडियो सन्देशहरू सार्वजनिक गरेका थिए।
बुधबार मात्र उनले आफ्नो ज्यान खतरामा रहेको भन्दै मानवअधिकारीवादी, कानून व्यवसायी तथा पत्रकारहरूको रोहवरमा २४ घण्टाभित्र सार्वजनिक हुन तयार रहेको बताएका थिए।
What's Your Reaction?






