सेतोढुङ्गा सहरी स्वास्थ्य केन्द्रको नवनिर्मित भवन उद्घाटन तथा हस्तान्तरण

म्याग्दी। सेतोढुङ्गा सहरी स्वास्थ्य केन्द्रको नवनिर्मित भवन उद्घाटन तथा हस्तान्तरण भएको छ । म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरको भिरमुनिस्थित सेताढुङ्गामा हालै नयाँ बनाइएको सहरी स्वास्थ्य केन्द्रको भवन बुधवार एक समारोहबीच उद्घाटन गरी हस्तान्तरण गरिएको हो ।

Jan 23, 2025 - 06:33
 0
सेतोढुङ्गा सहरी स्वास्थ्य केन्द्रको नवनिर्मित भवन उद्घाटन तथा हस्तान्तरण

म्याग्दी।

सेतोढुङ्गा सहरी स्वास्थ्य केन्द्रको नवनिर्मित भवन उद्घाटन तथा हस्तान्तरण भएको छ । म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरको भिरमुनिस्थित सेताढुङ्गामा हालै नयाँ बनाइएको सहरी स्वास्थ्य केन्द्रको भवन बुधवार एक समारोहबीच उद्घाटन गरी हस्तान्तरण गरिएको हो ।

यसअघि सहरी स्वास्थ्य केन्द्रको भवन सानो र साँघुरो तथा बाढीपहिरो एवं भूकम्पको जोखिममा परेपछि नयाँ भवन बनाइएको हो । ग्लोबल केयर जर्मनबाट भवन तथा गेट निर्माण, शौचालय र सहरी स्वास्थ्य केन्द्रलाई आवश्यक औषधी तथा उपकरण सहयोग गरी असल छिमेकी नेपालमार्फत झण्डै २७ लाख रुपैयाँ लगानी भएको छ । स्थानीयको आवश्यकता, चाहना, वडा र बेनी नगरपालिकाको पहलमा भवन निर्माण गरी हस्तान्तरण गरिएको छ ।

 नवनिर्मित भवनको बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसी र उपप्रमुख ज्योति लामिछानेले उद्घाटन गरे । यसअघि कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख केसीले सेतोढङ्गा सहरी स्वास्थ्य केन्द्रको नवनिर्मित भवनको स्थानीयवासी स्वयंले अपनत्व लिएर संरक्षण गर्नुपर्ने बताए । उनले बेनी नगरपालिकाले आम नगरवासीको स्वास्थ्यलाई ध्यानमा राखेर स्वास्थ्य सम्बन्धी विभिन्न कार्यक्रमहरु सञ्चालनमा जोड दिएको बताउँदै नवनिर्मित भवनलाई आवश्यक संरक्षण गरी स्वास्थ्य सेवा लिन समुदायलाई सुझाव दिए ।

नगर प्रमुख केसीले विगतमा असल छिमेकी नेपालले बेनी नगरपालिकाका स्वास्थ्य संस्थाहरुलाई चाहिने स्वास्थ्य सामग्री उपलब्ध गराएको तथा विपन्न नागरिकहरुको उत्थानका लागि आयआर्जनको क्षेत्रमा बिऊबिजनलगायत सहयोग गरेको बताए । उनले असल छिमेकी नेपालसँग बेनी नगरपालिका जोडिएको र आउँदो दिनमा पनि स्वास्थ्य क्षेत्रका लागि चरणबद्ध रुपमा सहयोगको आग्रह गरिएको बताए । 

बेनी नगरपालिकाका नगर उपप्रमुख ज्योति लामिछानेले असल छिमेकी नेपालले सेतोढुङ्गा सहरी स्वास्थ्य केन्द्रको भवन बनाइदिएर नगरपालिकाको बोझ घटाइदिएको बताए । उनले नवनिर्मित भवनमा सकभर बिरामी भएर कोही नागरिक पनि आउन नपरोस् र भवनको दिर्घकालीन रुपमा सदुपयोग गर्नुपर्ने बताउँदै यसबाट निरोगिता बाँड्न र स्वस्थ नागरिक बनाउन जोड दिनुपर्ने बताए । नेपाल सरकारले ९८ प्रकारका औषधीहरुको निःशुल्क व्यवस्था गरेपनि सहरी स्वास्थ्य केन्द्रसम्म ४० प्रकारका औषधी आएर पनि त्यो पर्याप्त नभएको र स्वास्थ्य संस्थाहरुमा जनशक्तिको समेत अभाव रहेको उहाँको भनाइ थियो ।

कार्यक्रममा बेनी नगरपालिका वडानम्बर ५ का वडाध्यक्ष गोविन्द बानियाँले नयाँ भवनको संरक्षण गर्ने जिम्मेवारी आम समुदायको रहेकाले असल छिमेकी नेपालसँग आगामी दिनमा पनि सहकार्य गरिने बताउनुभयो । असल छिमेकी नेपालका कार्यकारी निर्देशक राजेन्द्र अधिकारीले भवन निर्माण, आर्थिक विवरण र औषधीलगायत विषयमा स्पष्ट पार्नुभएको कार्यक्रममा पोखरा क्रिस्चियन समाजका अध्यक्ष कालु तामाङ, भवन निर्माण समितिका अध्यक्ष गिरेन्द्र बानियाँ र स्थानीय मुक्तिबहादुर खड्काले मन्तव्य व्यक्त गरेका थिए। 

कार्यक्रममा छोटो समयमा सहरी स्वास्थ्य केन्द्रको भवन निर्माण गरिदिने निर्माण व्यवसायी, सहयोग पु¥याउने विभिन्न व्यक्ति र संघसंस्थालाई असल छिमेकी नेपाल तथा बेनी नगरपालिका र वडाबाट प्रशंसापत्र प्रदान गरिएको थियो । कार्यक्रम असल छिमेकी नेपालका कार्यकारी अध्यक्ष मुक्तिनाथ ढकालको अध्यक्षता र कार्यक्रम अधिकृत सुरेन्द्र दासको सञ्चालनमा सम्पन्न भएको थियो । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register