इजरायली आक्रमण : इरानमा ५८५ जनाको मृत्यु भएको दाबी

एजेन्सी । अमेरिकाको वासिङ्टन, डीसीस्थित समूह ह्युमन राइट्स एक्टिभिस्ट्सले इजरायली आक्रमणमा इरानभर कम्तीमा ५८५ जनाको मृत्यु भएको र १,३२६ जना घाइते भएको बताएको छ । समूहले मृतकमध्ये २३९ जना सर्वसाधारण र १२६ जना सुरक्षा कर्मचारी भएको पहिचान गरेको  कतारी सजञ्चार माध्यम अल जजीराले उल्लेख गरेको छ । इरानले द्वन्द्वको समयमा नियमित मृत्यु सङ्ख्या सार्वजनिक गरेको […]

Jun 18, 2025 - 06:50
 0
इजरायली आक्रमण : इरानमा ५८५ जनाको मृत्यु भएको दाबी

एजेन्सी । अमेरिकाको वासिङ्टन, डीसीस्थित समूह ह्युमन राइट्स एक्टिभिस्ट्सले इजरायली आक्रमणमा इरानभर कम्तीमा ५८५ जनाको मृत्यु भएको र १,३२६ जना घाइते भएको बताएको छ । समूहले मृतकमध्ये २३९ जना सर्वसाधारण र १२६ जना सुरक्षा कर्मचारी भएको पहिचान गरेको  कतारी सजञ्चार माध्यम अल जजीराले उल्लेख गरेको छ ।

इरानले द्वन्द्वको समयमा नियमित मृत्यु सङ्ख्या सार्वजनिक गरेको छैन । उसको पछिल्लो अपडेट, सोमबार जारी गरिएको, मृत्यु सङ्ख्या २२४ र १,२७७ जना घाइते भएको उल्लेख छ ।

ह्युमन राइट्स एक्टिभिस्ट्स, जसले २०२२ मा महसा अमिनीको मृत्युको विरोधमा विस्तृत हताहतको तथ्याङ्क पनि प्रदान गरेको थियो, ले इरानमा स्थानीय रिपोर्टहरूलाई देशभित्र विकसित गरेको स्रोतहरूको सञ्जालसँग क्रस-चेक गर्ने गरेको छ ।

यसैबीच यो युद्धको छैटौँ दिन पनि इरान र इजरायल दुवैतर्फबाट आक्रमण भइरहेको छ । पछिल्ला केही घण्टाहरूमा ५० भन्दा बढी इजरायली वायुसेनाका विमानहरूले इरानमा आक्रमण गरेका छन् ।, जसले कथित “सेन्ट्रीफ्यूज उत्पादन स्थल” – युरेनियम संवर्धनको मुख्य भाग – र “धेरै हतियार उत्पादन स्थलहरू” लाई निशाना बनाएको इजरायली सेनाले जनाएको छ ।

टेलिग्राममा पोस्ट गरिएको एक वक्तव्यमा, सेनाले आक्रमणको यो पछिल्लो लहर “इरानको आणविक हतियार विकास कार्यक्रमलाई क्षति पुर्‍याउने व्यापक प्रयासको हिस्सा” को रूपमा गरिएको  उल्लेख छ ।

यद्यपि, इरानले आणविक हतियार विकास गरिरहेको अस्वीकार गरेको छ, र संयुक्त राष्ट्रको निगरानी निकाय IAEA साथै अमेरिकी गुप्तचर समुदायले आफ्नो पछिल्लो प्रतिवेदनमा यस्तै मूल्याङ्कन गरेका छन् ।

इजरायली वक्तव्यमा उसका युद्धविमानहरूले सतहदेखि सतह र सतहदेखि हावासम्मका मिसाइलहरू एसेम्बलिङका लागि “कच्चा पदार्थ र कम्पोनेन्टहरू” को उत्पादनमा संलग्न उत्पादन प्लान्टहरूलाई पनि आक्रमण गरेको उल्लेछ छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register