‘रविले ३४ दिनमा सबै तस्कर नियन्त्रणमा लिए, अहिलेका गृहमन्त्रीले काम गर्न सकेनन्’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले ३४ दिन मात्रै गृह मन्त्रालय सम्हालेका रवि लामिछानेले सबै तस्कर नियन्त्रणमा लिन सकेको दाबी गरेका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै उनले अहिलेका गृहमन्त्रीले कुनै काम गर्न नसकेको बताए । उनले भने, ‘भर्खरै क्यापिटल नेपाल नामक एउटा मिडियामा समाचार आएको छ र त्यसमा लेखिएको छ […]

May 19, 2025 - 07:39
 0
‘रविले ३४ दिनमा सबै तस्कर नियन्त्रणमा लिए, अहिलेका गृहमन्त्रीले काम गर्न सकेनन्’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले ३४ दिन मात्रै गृह मन्त्रालय सम्हालेका रवि लामिछानेले सबै तस्कर नियन्त्रणमा लिन सकेको दाबी गरेका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै उनले अहिलेका गृहमन्त्रीले कुनै काम गर्न नसकेको बताए ।

उनले भने, ‘भर्खरै क्यापिटल नेपाल नामक एउटा मिडियामा समाचार आएको छ र त्यसमा लेखिएको छ – जब गृहमन्त्री रवि लामिछाने आए तब सीमाबाट हुने चोरी तस्करी नियन्त्रणमा ठूलो सफलता मिलेको बताउँछन् । तर, त्यसपछिका गृहमन्त्रीहरु तस्करी नियन्त्रणमा कुनै काम नगरेको बताउँछन् । यो हो हामीले गर्ने स्टन्ट । राष्ट्रिय स्वतन्त्र पार्टीले ३४ दिनमा गरेको गृह मन्त्रालय सम्हाल्दै गर्दा कसरी तस्करी नियन्त्रण गरेका थियौं भन्ने कुरा स्टन्ट हो ?’

साथै उनले न्यायालयप्रतिको विश्वास कमजोर हुँदै गइरहेको बताए । उनले न्यायालयले न्याय देला भनेर विश्वास गर्ने ठाउँ कहिँकतै नरहेको बताए ।

उनले भने, ‘आज न्यायालयहरुले विभिन्न संरक्षण त दिइरहेको छ तर यो अभ्यासले गर्दा न्यायलयप्रतिको विश्वास कमजोर भइरहेको छ । न्यायलयले न्याय देला भनेर विश्वास गर्ने ठाउँ कमजोर हुँदै गएको छ ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register