नेपाल र भारतबीचका सबै समस्या वार्ताबाट समाधान गर्नुपर्छ : भाजपा नेता जोली

काठमाडौं । भारतीय जनता पार्टी (भाजपा)का नेता विजय जोलीले भारत र नेपालबीचका सबै समस्या वार्ताका माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिएका छन् । सार्वजनिक नीति तथा साझेदारी प्रतिष्ठानले ‘समसामयिक वैश्विक मामिला तथा नेपाल–भारत सम्बन्ध’ विषयमा सोमबार काठमाडौंमा आयोजना गरेको छलफलमा उनले भारत र नेपालले मिलेर आफ्ना सीमानाको रक्षा गरेका तथा आपसमा खासै मनोमालिन्य नरहेको चर्चा गरे […]

May 19, 2025 - 16:00
 0
नेपाल र भारतबीचका सबै समस्या वार्ताबाट समाधान गर्नुपर्छ : भाजपा नेता जोली

काठमाडौं । भारतीय जनता पार्टी (भाजपा)का नेता विजय जोलीले भारत र नेपालबीचका सबै समस्या वार्ताका माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिएका छन् ।

सार्वजनिक नीति तथा साझेदारी प्रतिष्ठानले ‘समसामयिक वैश्विक मामिला तथा नेपाल–भारत सम्बन्ध’ विषयमा सोमबार काठमाडौंमा आयोजना गरेको छलफलमा उनले भारत र नेपालले मिलेर आफ्ना सीमानाको रक्षा गरेका तथा आपसमा खासै मनोमालिन्य नरहेको चर्चा गरे । यस्ता केही समस्या भए पनि वार्ताका माध्यमबाट निरुपण गर्न सकिने उनको भनाइ थियो ।

भारतीय सेनाको गोर्खा रेजिमेन्टमार्फत ३२ हजार नेपालीले भारतको रक्षा गरिरहेको बताउँदै नेता जोलीले ‘छिमेक पहिले नीतिअन्तर्गत भारत सरकारले नेपालको समृद्धिलाई उच्च प्राथमिकता दिएको छ’ भने

पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले बहुआयामिक नेपाल–भारत सम्बन्ध पारस्परिक हित र चासोमा केन्द्रित गर्न आवश्यक भएको विचार व्यक्त गर्दै यसलाई अझ प्रगाढ एवं सुदृढ बनाउनुपर्ने बताए ।

पूर्वमन्त्री डा मीनेन्द्र रिजालले भारतको स्वतन्त्रता सङ्ग्राममा नेपालीले गरेको योगदानलाई नयाँदिल्लीले बिर्सन नहुने बताउँदै ‘नेपाल र भारतबीचको अद्वितीय सम्बन्धलाई अझ सघन तुल्याउनुपर्छ’ भने । उनले दुई देशबीचको सम्बन्ध रोटीबेटी नभइ ऊर्चा र पानीको सम्बन्ध भएको विचार व्यक्त गरे ।

प्रतिष्ठानका अध्यक्ष अरुणकुमार सुवेदीले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन दुवै देशका जनस्तरका संस्था सक्रिय हुनुपर्नेमा जोड दिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register