अमेरिका पठाउने बहानामा झन्डै ५० लाख ठगी, एक जना पक्राउ 

काठमाडौँ।  अमेरिका पठाउने बहानामा करिब ५० लाख ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा नुवाकोट विदुर नगरपालिका-४ का ५१ वर्षीय राजकुमार मानन्धर रहेका छन्। काठमाडौँ महानगरपालिका-१६ बस्दै आएका मानन्धरलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार पक्राउ गरेको हो। मानन्धरले तीन जना पीडितबाट ४९ लाख ९७ हजार रुपैयाँ ठगी गरेको कार्यालयका प्रवक्ता […]

Jun 13, 2025 - 14:13
 0
अमेरिका पठाउने बहानामा झन्डै ५० लाख ठगी, एक जना पक्राउ 

काठमाडौँ। 

अमेरिका पठाउने बहानामा करिब ५० लाख ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा नुवाकोट विदुर नगरपालिका-४ का ५१ वर्षीय राजकुमार मानन्धर रहेका छन्। काठमाडौँ महानगरपालिका-१६ बस्दै आएका मानन्धरलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार पक्राउ गरेको हो।

मानन्धरले तीन जना पीडितबाट ४९ लाख ९७ हजार रुपैयाँ ठगी गरेको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए।

रकम लिएर लामो समय फरार भएपछि पीडित प्रहरीको सम्पर्कमा पुगेका थिए।

मानन्धरविरुद्ध ३५ लाख ६९ हजार बिगोको मुद्दा वैदेशिक रोजगार विभागमा छ। यस्तै, १८ लाख २४ हजार रुपैयाँ ठगी मुद्दामा मानन्धरविरुद्ध पक्राउ पुर्जी जारी छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register