विकास हाइड्रोपावरको आइपीओ बिक्री खुला, स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिन मिल्ने

काठमाडौँ । विकास हाइड्रोपावर कम्पनी लिमिटेडले आइपीओ बिक्री खुला गरेको छ । हाइड्रोपावरले जेठ ६ गते मंगलबारदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजी ९१ करोड ९१ लाख १ हजार ३ सय रुपैयाँमध्येबाट आयोजना प्रभवित स्थानीयका लागि ९ करोड ९ लाख १० हजार १०० […]

May 20, 2025 - 10:18
 0
विकास हाइड्रोपावरको आइपीओ बिक्री खुला, स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिन मिल्ने

काठमाडौँ । विकास हाइड्रोपावर कम्पनी लिमिटेडले आइपीओ बिक्री खुला गरेको छ । हाइड्रोपावरले जेठ ६ गते मंगलबारदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ बिक्री खुला गरेको हो ।

कम्पनीले जारी पुँजी ९१ करोड ९१ लाख १ हजार ३ सय रुपैयाँमध्येबाट आयोजना प्रभवित स्थानीयका लागि ९ करोड ९ लाख १० हजार १०० रुपैयाँको प्रतिसेयर १०० रुपैयाँका दरले ९ लाख ९ हजार १०१ कित्ता सेयर निष्कासन गरेको छ ।

त्यस्तै, कम्पनीले ३ करोड ५४ लाख ५५ हजार रुपैयाँको ३ लाख ५४ हजार ५५० कित्ता सेयर भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बिक्री खुला गरेको छ ।

उक्त सेयरमा स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आवेदन जेठ २० गतेसम्म दिन सकिनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register