नेपालमा मौसम पूर्वानुमान गर्न किन कठिन छ ?

काठमाडौं । जल तथा मौसम विभागकी वरिष्ठ मौसमविद् शान्ति कँडेलले नेपालको भौगोलिक विविधता, सिमित स्रोत साधन, आवश्यक जनशक्तिको कमीले मौसम पूर्वानुमान गर्न कठिन भएको बताएकी छन् । उनले मौसम पूर्वानुमान गर्न धेरै मेहनत गर्ने गरेको भन्दै कहिलेकाहीँ पूर्वानुमान नमिल्नुको कारण धेरै रहेको बताइन् । नेपालको भौगोलिक विविधताका कारण नेपालको मौसम र जलवायुमा विविधता हुने उनको […]

Jun 14, 2025 - 10:50
 0
नेपालमा मौसम पूर्वानुमान गर्न किन कठिन छ ?

काठमाडौं । जल तथा मौसम विभागकी वरिष्ठ मौसमविद् शान्ति कँडेलले नेपालको भौगोलिक विविधता, सिमित स्रोत साधन, आवश्यक जनशक्तिको कमीले मौसम पूर्वानुमान गर्न कठिन भएको बताएकी छन् ।

उनले मौसम पूर्वानुमान गर्न धेरै मेहनत गर्ने गरेको भन्दै कहिलेकाहीँ पूर्वानुमान नमिल्नुको कारण धेरै रहेको बताइन् । नेपालको भौगोलिक विविधताका कारण नेपालको मौसम र जलवायुमा विविधता हुने उनको भनाइ छ ।

उनले भनिन्, ‘जति धेरै भौगोलिक विविधता हुन्छ त्यती नै धेरै मौसम पूर्वानुमान पनि चुनौतीपूर्ण हुन्छ । विभिन्न तत्वहरुको उपस्थितिले वायुमण्डलमा भद्रगोल रुपमा रहेको हुन्छ । आज भएको नगन्य परिवर्तनले भोलि निकै ठूलो मौसममा परिवर्तन ल्याउन सक्छ ।’

कँडेलले मौसम पूर्वानुमान गर्ने अत्याधुनिक प्रविधि नेपालमा भित्र्याउन नसकेको भन्दै भौतिक र प्राविधिक स्रोत साधनहरुको कमीले गर्दा पनि मौसम पूर्वानुमान गर्न निकै कठिन भइरहेको जानकारी दिइन् ।

‘विश्वव्यापी रुपमा प्रविधिले फड्को मार्दै गर्दा मौसम पूर्वानुमान गर्ने अत्याधुनिक प्रविधि हामीले भित्र्याउन सकेका छैनौ । नियमितरुपमा मौसम पूर्वानुमान गर्न आवश्यक जनशक्तिका साथै, भौतिक र प्राविधिक स्रोत साधनहरुको कमीले गर्दा पनि मौसम पूर्वानुमान गर्न निकै कठिन भइरहेको छ,’ उनले भनिन् ।

मौसम पूर्वानुमान नमिल्नुको अर्को कारण तथ्यांकको सिमितता रहेको भन्दै उनले नेपालमा उच्च पहाडी तथा हिमाली भू–भागहरुको नियमितरुपमा प्रर्याप्तरुपमा तथ्यांक संकलन गर्न नसकिँदा मौसम पूर्वानुमान थप जटिल बनेको बताइन् ।

उनले हाल नेपाललगायत विश्वव्यापीरुपमा गणितीय मौसम पूर्वानुमान प्रणालीको प्रयोग गरी मौसम पूर्वानुमान गर्ने गरेको र तर नेपालको भुगोल सुहाउँदो एवं आवश्यक अध्ययन अनुसन्धान नहुँदा साथै आवश्यक तथ्यांक प्रयोग गर्न नसक्दा नेपालको मौसम पूर्वानुमान जटिल बनेको बताईन् ।

वरिष्ठ मौसमविद् कँडेलले चुनौतीको बावजुद पनि मौसम पूर्वानुमानमा विश्वसनीय र भरपर्दो बनाउँदै लगिरहेका जानकारी गराइन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register