ओखलढुङ्गाकी हिराले जन्माइन् एकैसाथ तीन शशु

ओखलढुङ्गा, ३१ जेठ । ओखलढुङ्गाकी ३२ वर्षीया हिरा तामाङ एकै पटक तीन वटा शिशुलाई जन्मदिएकी छन् । जिल्लाको मोलुङ गाउँपालिका–६ श्रीचौर मङ्गलबारेका उत्तर तामाङकी श्रीमती हिराले शुक्रबार ओखलढुङ्गा सामुदायिक अस्पतालमा तीन छोरीलाई जन्म दिनुभएको हिराले तीन स्वस्थ शिशु जन्माएको अस्पतालका निर्देशक डा. रोशन खरेलले जानकारी दिनुभयो । निर्देशक डा. खरेलका अनुसार डाक्टर रमिता कँडेल नेतृत्वको [...] The post ओखलढुङ्गाकी हिराले जन्माइन् एकैसाथ तीन शशु appeared first on Jhapa Online.

Jun 14, 2025 - 04:18
 0
ओखलढुङ्गाकी हिराले जन्माइन् एकैसाथ तीन शशु

ओखलढुङ्गा, ३१ जेठ । ओखलढुङ्गाकी ३२ वर्षीया हिरा तामाङ एकै पटक तीन वटा शिशुलाई जन्मदिएकी छन् । जिल्लाको मोलुङ गाउँपालिका–६ श्रीचौर मङ्गलबारेका उत्तर तामाङकी श्रीमती हिराले शुक्रबार ओखलढुङ्गा सामुदायिक अस्पतालमा तीन छोरीलाई जन्म दिनुभएको

हिराले तीन स्वस्थ शिशु जन्माएको अस्पतालका निर्देशक डा. रोशन खरेलले जानकारी दिनुभयो । निर्देशक डा. खरेलका अनुसार डाक्टर रमिता कँडेल नेतृत्वको चिकित्सकको टोलीले शल्यक्रिया गरी हिराका छोरीहरूलाई जन्म गराएका हुन् । पहिलो छोरीको तौल १९ सय ग्राम, दोस्रो छोरीको २२ सय ग्राम र तेस्रो छोरीको तौल २३ सय ग्राम रहेको अस्पतालले जनाएको छ ।

३६ हप्तामै शल्यक्रिया मार्फत निकालिएका नवजात शिशुहरू र आमाको स्वास्थ्य अवस्था राम्रो रहेको ओखलढुङ्गा सामुदायिक अस्पतालले जनाएको छ । उत्तर र हिरा दम्पतीका एक ७ वर्षीय छोरा छन् । ओखलढुङ्गामा सम्भवतः एकै पटक ३ वटा शिशु जन्मिएको यो पहिलो घटना हो ।

The post ओखलढुङ्गाकी हिराले जन्माइन् एकैसाथ तीन शशु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register