राष्ट्रहितका लागि एक कदम पछाडि सरेर दुई बुँदे सहमतिका साथ संसद् सुचारु : अध्यक्ष प्रचण्ड

मोरङ, ३१ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको आवश्यकता र राष्ट्र हितका निम्ति संसद् सुचारु गर्ने विषयमा पार्टी सहमत भएको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरागर्दै उहाँले, सङ्घीय निजामती तथा शिक्षा सम्बन्धी ऐन लगायत विभिन्न ऐन कानुनलाई अन्तिम रुपम दिन पनि संसद् सुचारु आवश्यक भएको बताउनुभयो [...] The post राष्ट्रहितका लागि एक कदम पछाडि सरेर दुई बुँदे सहमतिका साथ संसद् सुचारु : अध्यक्ष प्रचण्ड appeared first on Jhapa Online.

Jun 14, 2025 - 08:51
 0
राष्ट्रहितका लागि एक कदम पछाडि सरेर दुई बुँदे सहमतिका साथ संसद् सुचारु : अध्यक्ष प्रचण्ड

मोरङ, ३१ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको आवश्यकता र राष्ट्र हितका निम्ति संसद् सुचारु गर्ने विषयमा पार्टी सहमत भएको बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरागर्दै उहाँले, सङ्घीय निजामती तथा शिक्षा सम्बन्धी ऐन लगायत विभिन्न ऐन कानुनलाई अन्तिम रुपम दिन पनि संसद् सुचारु आवश्यक भएको बताउनुभयो ।

लामो समय संसद् अवरुद्ध हुँदा मुलुकमा राजनीतिक अन्यौल सृजना हुने गरेकाले पनि मुलुकको आवश्यकता अनुसार संसद् सुचारु गर्न आफ्नो पार्टी सहमत भएको उहाँले प्रष्ट पार्नुभयो ।

एक प्रश्नमा देश र जनताको हितका निम्ति कहिले अघि बढ्नुपर्ने र कहिले पछि हट्नु पर्ने अवस्था आउने भएकाले आफूले एक कदम पछि हटेर भएपनि संसद् सुचारु गर्न दुई बुँदे सहमति गरेकाले यस विषयमा आफूलाई जसले जे भने पनि फरक नपर्ने बताउनुभयो । विगतको परम्परा अनुसार दलहरू बिच सहमति भएर संसद् सुचारु भएको उहाँले प्रष्ट पार्नुभयो ।

भिजिट भिसा प्रकरण छानबिनका लागि एक महिना भित्र समिति बनाएर छानविन गर्दै सत्यतथ्य कुरा बाहिर ल्याउने विषयमा भएको दुई बुँदे सहमति कार्यान्वयन हुनेमा आफु ढुक्क रहेको उहाँले बताउनुभयो ।

यो विषयमा अहिलेको गृहमन्त्रीको नाम जोडिएर जुन कुराहरू बाहिर आएको छ , अहिलेको गृहमन्त्रीसँग मात्र होइन यो विषय धेरै पहिले देखि उठेकाले यस विषयमा गम्भीर छानविन हुनु आवश्यक रहेको उहाँले बताउनुभयो ।

अध्यक्ष दाहालले संसद् सुचारु गर्नका लागी आफ्नो पार्टीले सरकारमा जानका लागि नभएको प्रष्ट पार्दै आफ्नो पार्टी अहिले सरकारमा नजाने बताउनुभयो । एक अर्को प्रश्नमा उहाँले संसद् सुचारुका लागि भएको सहमति अग्निप्रसाद सापकोटाको विषयमा पार्टीले बार्गेनिङ गर्न खोजेको कुरा कपोकल्पित भएको र यसमा कुनै सत्यता नभएको प्रष्ट पार्नुभयो । जर्नादन शर्मालाई आफूले अर्को पार्टी खोल्न कहिले नभनेको उहाँको भनाई थियो ।

The post राष्ट्रहितका लागि एक कदम पछाडि सरेर दुई बुँदे सहमतिका साथ संसद् सुचारु : अध्यक्ष प्रचण्ड appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register