अग्रसेन बिर्तामोडका अध्यक्ष सुरेशकुमार अग्रवाल ‘अग्र श्री शिरोमणि’बाट पुरस्कृत

झापा, ३१ जेठ । झापाको बिर्तामोडस्थित अग्रसेन भवनका अध्यक्ष सुरेशकुमार अग्रवाल ‘भद्रपुरे’ पुरस्कृत हुनुभएको छ । जुन १२ तारिख (जेठ २९ गते) भारतको राजस्थानस्थित धर्मनगरी श्री खाटु श्याम धाममा आयोजित अन्तर्राष्ट्रीय अग्रवाल सम्मेलनको द्वितीय अग्र विभूति अलंकरण समारोहमा ‘अग्र श्री शिरोमणि पुरस्कार’बाट उहाँ सम्मानित हुनुभएको हो । विश्वभरका ३७ जनामध्ये अग्रश्री शिरोमणि पुरस्कारबाट समाज सेवाको [...] The post अग्रसेन बिर्तामोडका अध्यक्ष सुरेशकुमार अग्रवाल ‘अग्र श्री शिरोमणि’बाट पुरस्कृत appeared first on Jhapa Online.

Jun 14, 2025 - 04:30
 0
अग्रसेन बिर्तामोडका अध्यक्ष सुरेशकुमार अग्रवाल ‘अग्र श्री शिरोमणि’बाट पुरस्कृत

झापा, ३१ जेठ । झापाको बिर्तामोडस्थित अग्रसेन भवनका अध्यक्ष सुरेशकुमार अग्रवाल ‘भद्रपुरे’ पुरस्कृत हुनुभएको छ ।

जुन १२ तारिख (जेठ २९ गते) भारतको राजस्थानस्थित धर्मनगरी श्री खाटु श्याम धाममा आयोजित अन्तर्राष्ट्रीय अग्रवाल सम्मेलनको द्वितीय अग्र विभूति अलंकरण समारोहमा ‘अग्र श्री शिरोमणि पुरस्कार’बाट उहाँ सम्मानित हुनुभएको हो । विश्वभरका ३७ जनामध्ये अग्रश्री शिरोमणि पुरस्कारबाट समाज सेवाको क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्नुभएकोमा उहाँलाई उक्त पुरस्कारसहित सम्मानित गरिएको हो ।

सामाजिक सेवाको क्षेत्रमा गरिमामय पुरस्कार हासिल गर्न आफूलाई योग्य बनाउनु सहयोग गर्ने सबैप्रति पुरस्कृत व्यक्तित्व भद्रपुरेले धन्यवाद ज्ञापन गर्नुभएको छ । पुरस्कृत भएर अग्रवाल समाज र मारवाडी समाजको गौरव बढाएको भन्दै अग्रसेन भवन बिर्तामोडका कार्यवाहक अध्यक्ष दिपेन्द्रकुमार अग्रवालले बधाइ ज्ञापन गर्नुभएको छ ।

The post अग्रसेन बिर्तामोडका अध्यक्ष सुरेशकुमार अग्रवाल ‘अग्र श्री शिरोमणि’बाट पुरस्कृत appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register