इजरायललाई तीन देशको चेतावनी : गाजामा नयाँ सैन्य कारबाही बन्द नगरे ठोस कदम चाल्छौं

काठमाडौं । बेलायत, फ्रान्स र क्यानडा गरी तीन देशले इजरायललाई गाजामा आक्रमण तुरुन्तै रोक्न आग्रह गरेका छन् । बेलायती प्रधानमन्त्री केयर स्टारमर, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन र क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले मङ्गलबार संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन् । यदि इजरायलले गाजामा आफ्नो नयाँ सैन्य कारबाही बन्द गरेन र मानवीय सहायतामा लगाइएको प्रतिबन्ध […]

May 20, 2025 - 12:15
 0
इजरायललाई तीन देशको चेतावनी : गाजामा नयाँ सैन्य कारबाही बन्द नगरे ठोस कदम चाल्छौं

काठमाडौं । बेलायत, फ्रान्स र क्यानडा गरी तीन देशले इजरायललाई गाजामा आक्रमण तुरुन्तै रोक्न आग्रह गरेका छन् ।

बेलायती प्रधानमन्त्री केयर स्टारमर, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन र क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले मङ्गलबार संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन् ।

यदि इजरायलले गाजामा आफ्नो नयाँ सैन्य कारबाही बन्द गरेन र मानवीय सहायतामा लगाइएको प्रतिबन्ध हटाएन भने प्रतिक्रियामा आफूहरूले ठोस कदम चाल्ने चेतावनीसमेत दिएका छन् ।

‘यदि इजरायलले आफ्नो नयाँ सैन्य कारबाही बन्द गरेन र मानवीय सहायतामा लगाइएको प्रतिबन्ध हटाएन भने हामी प्रतिक्रियामा ठोस कदम चाल्नेछौं,’ विज्ञप्तिमा भनिएको छ ।

यी नेताहरूले अक्टोबर ७ मा बन्धक बनाइएका इजरायलीहरूलाई रिहा गर्न हमासलाई पनि अपील गरेका छन् ।

‘हामीले सधैँ आतंकवादबाट आफ्ना नागरिकहरूलाई जोगाउने इजरायलको अधिकारलाई समर्थन गरेका छौं । तर यो बढ्दो हिंसा पूर्णतया गलत छ,’ उनीहरूले थपेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register