बालमन्दिरमा बालबालिकाहरुको पोषण लेखाजोखा तथा अभिभावकलाई सचेतना

म्याग्दी। म्याग्दीको सदरमुकाम बेनीबजारस्थित कालीपुलमा सञ्चालित बालमन्दिर माध्यमिक विद्यालयमा मङ्गलवार ५ वर्ष मुनिका बालबालिकाहरुको पोषण लेखाजोखा तथा अभिभावक सचेतना कार्यक्रम सम्पन्न भएको छ । बेनी नगरपालिका ८ नम्बर वडाको आर्थिक सहयोग तथा समन्वय र मिलन म्याग्दीको आयोजनामा कार्यक्रम गरिएको हो। विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह–२०८२ को अवसर पारेर बालबालिकाहरुको स्वास्थ्यमा पोषणको अवस्था पत्ता लगाएर उनीहरुको […]

May 20, 2025 - 16:55
 0
बालमन्दिरमा बालबालिकाहरुको पोषण लेखाजोखा तथा अभिभावकलाई सचेतना

म्याग्दी।

म्याग्दीको सदरमुकाम बेनीबजारस्थित कालीपुलमा सञ्चालित बालमन्दिर माध्यमिक विद्यालयमा मङ्गलवार ५ वर्ष मुनिका बालबालिकाहरुको पोषण लेखाजोखा तथा अभिभावक सचेतना कार्यक्रम सम्पन्न भएको छ । बेनी नगरपालिका ८ नम्बर वडाको आर्थिक सहयोग तथा समन्वय र मिलन म्याग्दीको आयोजनामा कार्यक्रम गरिएको हो।

विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह–२०८२ को अवसर पारेर बालबालिकाहरुको स्वास्थ्यमा पोषणको अवस्था पत्ता लगाएर उनीहरुको अभिभावकहरुलाई सचेतना गराउने उद्देश्यले कार्यक्रम गरिएको आयोजक संस्था मिलन म्याग्दीले जनाएको छ । कार्यक्रमको उद्घाटन गर्दै बेनी नगरपालिका ८ नम्बर वडाका वडा अध्यक्ष उत्तमकुमार कर्माचार्यले विद्यालय तहमा अध्ययनरत बालबालिकाहरुको पोषण अवस्था सुधार्न वडामार्फत पहल थालिएको बताउनुभयो ।


वडाध्यक्ष कर्माचार्यले बालबालिकाहरुको स्वास्थ्य राम्रो बनाउन पोषणयुक्त खाना खुवाउनुपर्ने भन्दै त्यसका लागि अभिभावकहरुले विशेष रुपमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले आजका स–साना बालबालिका भोलि गएर राष्ट्रको दक्ष जनशक्ति बन्ने भएकाले पोषणयुक्त खानेकुरा तथा गुणस्तरीय शिक्षा दिनुपर्ने बताउनुभयो । बालमन्दिर माविका प्रधानाध्यापक सुरेन्द्रप्रसाद केसीले बालबालिकाहरुको स्वास्थ्यसँग सम्बन्धित पोषण सम्बन्धी कार्यक्रम अत्यन्त राम्रो रहेको भन्दै विद्यालयले नियमित रुपमा अतिरिक्त क्रियाकलापहरु समेत सञ्चालन गरिरहेको बताउनुभयो ।

विद्यालयका प्रअ केसीको अध्यक्षता र मिलन म्याग्दीका सामाजिक सुपरिवेक्षक छवि पूर्जाको सञ्चालनमा सम्पन्न उद्घाटनसत्रमा मिलन संस्थाका अध्यक्ष दिलमाया बिटालुले कार्यक्रममा स्वागतसँगै उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो । बालबालिकाको पोषण लेखाजोखा तथा अभिभावक सचेतना कार्यक्रमको मिलन म्याग्दीका अध्यक्ष बिटालु र पोषण विज्ञ बालकुमारी पुनले बालबालिकाहरुको स्वास्थ्यमा पोषणको लेखाजोखा गर्नुका साथै सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति म्याग्दीका सदस्य जानकी विश्वकर्मा, वडानम्बर ८ का वडा सदस्य नरु थजाली, विद्यालयका शिक्षक, अभिभावक र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा पोषणको परिचय, प्रकार, महत्व, पोषणको कमीले स्वास्थ्यमा पार्ने असर, समाधानका उपायहरु, दिवा खाजा पोसिलो बनाउने तरिकालगायत विषयमा सहजीकरण गरिएको थियो । नेपालको जनसाङ्ख्यिक स्वास्थ्य सर्भेक्षण अनुसार पोषणको कमीबाट २५ प्रतिशत पुड्कोपना, १९ प्रतिशत कम तौल र ११ प्रतिशत बालबालिकाहरुमा ख्याउटेपन रहेको पाइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register