एनसेलले ल्यायो साप्ताहिक रिन्यूअल प्याक संचालनमा, ९९ रुपैयाँमा अनलिमिटेड अल नेपाल कल गर्न मिल्ने

काठमाडौँ । एनसेलले तीनवटा नयाँ साप्ताहिक रिन्यूअल प्याकहरू संचालनमा ल्याएको छ । सहज र सुलभ सञ्चार सेवाको बढ्दो मागलाई ध्यानमा राख्दै एनसेलले जेठ ६ गतेदेखि आफ्ना प्रिपेड ग्राहकहरूका लागि उक्त प्याकहरु संचालनमा ल्याएको हो । एक हप्ताका लागि ग्राहकहरूको भ्वाइस, डेटा र एसएमएस सेवाको आवश्यकतालाई ध्यानमा राखी बजेटमैत्री विकल्पका रूपमा यी प्याकहरू संचालनमा ल्याइएको एनसेलले […]

May 21, 2025 - 07:47
 0
एनसेलले ल्यायो साप्ताहिक रिन्यूअल प्याक संचालनमा, ९९ रुपैयाँमा अनलिमिटेड अल नेपाल कल गर्न मिल्ने

काठमाडौँ । एनसेलले तीनवटा नयाँ साप्ताहिक रिन्यूअल प्याकहरू संचालनमा ल्याएको छ । सहज र सुलभ सञ्चार सेवाको बढ्दो मागलाई ध्यानमा राख्दै एनसेलले जेठ ६ गतेदेखि आफ्ना प्रिपेड ग्राहकहरूका लागि उक्त प्याकहरु संचालनमा ल्याएको हो ।

एक हप्ताका लागि ग्राहकहरूको भ्वाइस, डेटा र एसएमएस सेवाको आवश्यकतालाई ध्यानमा राखी बजेटमैत्री विकल्पका रूपमा यी प्याकहरू संचालनमा ल्याइएको एनसेलले जनाएको छ ।

भ्वाइस प्याक अन्तर्गत, ग्राहकहरूले सात दिनसम्म एनसेल वा नेपाल टेलिकमका नम्बरहरुमा अनलिमिटेड भ्वाइस कल गर्न मिल्ने अल नेपाल कल भ्वाइस प्याक कर सहित मात्र ९९ रुपैयाँमा लिन सक्नेछन् । हप्ताभरका लागि डेटा, भ्वाइस र एसएमएस सेवा चाहिने ग्राहकले ९९ रुपैयाँमा २ जीबी डेटा, ४९ मिनेटको अल नेपाल कल र ९ अल नेपाल एसएमएस समावेश भएको सधैं अन प्याक लिन सक्नेछन् । यसैगरी डेटामात्र चाहने ग्राहकले १५० रुपैयाँमा १० जीबी उच्च गतिको मोबाइल डेटा सात दिनसम्म प्रयोग गर्न सक्नेछन् ।

यी प्याकहरूको प्रमुख विशेषता भनेको हरेक हप्ता प्याक आफै रिन्यु हुने व्यवस्था भएको कम्पनीले जनाएको छ । जसले ग्राहकलाई बारम्बार प्याकहरु लिनपर्ने झन्झटबाट मुक्त बनाउँछ । ग्राहकहरूले ८१२३८९३ डायल गरी, एनसेल एपमार्फत वा एनसेलका आधिकारिक खुद्रा विक्रेताहरूमार्फत यी प्याकहरू लिन सक्नेछन्  ।

ग्राहकहरुले आफ्नो आवश्यकताअनुसार सजिलै सेवाहरु रोजी झन्झटरहित रूपमा प्रयोग गर्न सकिने बनाउँदै नयाँ प्याकहरु संचालनमा ल्याउन पाउँदा कम्पनी उत्साहित भएको एनसेलले जनाएको छ । सेवाहरु निर्वाध रूपमा प्रयोग गर्न, प्रत्येक ७ दिनको रिन्यूअल अर्थात नविकरणको समयमा ग्राहकको मोबाइलको मेन ब्यालेन्समा आवश्यक ब्यालेन्स हुनु पर्ने कम्पनीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register