गभर्नर पौडेलको पहिलो निर्णय: ५ सय र १ हजारका नयाँ नोट छाप्ने

काठमाडौँ । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले ५० र एक हजार रुपैयाँका नयाँ नोट छपाई गर्ने निर्णय गरेका छन् । पौडेलले बुधबार पदभार ग्रहण गर्दै पहिलो निर्णयको रुपमा ५० र एक हजार रुपैयाँको नयाँ नोट छपाई गर्ने निर्णय गरेका हुन् । पदभार ग्रहण गर्दै उनले बैंक तथा वित्तीय संस्थाको सुपरीबेक्षणलाई प्राथमिकता दिएर […]

May 21, 2025 - 08:41
 0
गभर्नर पौडेलको पहिलो निर्णय: ५ सय र १ हजारका नयाँ नोट छाप्ने

काठमाडौँ । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले ५० र एक हजार रुपैयाँका नयाँ नोट छपाई गर्ने निर्णय गरेका छन् । पौडेलले बुधबार पदभार ग्रहण गर्दै पहिलो निर्णयको रुपमा ५० र एक हजार रुपैयाँको नयाँ नोट छपाई गर्ने निर्णय गरेका हुन् ।

पदभार ग्रहण गर्दै उनले बैंक तथा वित्तीय संस्थाको सुपरीबेक्षणलाई प्राथमिकता दिएर अघि बढ्ने बताएका छन् । उनले भने, ‘हामीले केबल नियम बनाएर मात्र हुँदैन सुपरीवेक्षणलाई पनि बढाउनुपर्छ । त्यस्तै कर्जाको गुणस्तर बढाउने कुरालाई पनि जोड दिनेछौँ ।’

त्यस्तै, सरकारको वित्त नीतिलाई सघाउने गरी मौद्रिक नीतिका व्यवस्था अबलम्बन गर्ने पनि गभर्नर डा. पौडेलले बताए । त्यस्तै, राष्ट्र बैंकका नीति निर्णय गर्दा विभिन्न सरोकारवालासँग पर्याप्त छलफल गर्ने पनि उनले उल्लेख गरे ।

राष्ट्र बैंकको स्वायत्तता कायम गर्नका लागी राष्ट्र बैंक ऐनअनुसार काम गर्ने पनि गभर्नर डा. पौडेलको भनाइ छ । डा.  पौडेलले आजै सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसँग गभर्नर पदको तथा गोपनियताको सपथ ग्रहण गरेका थिए । त्यसलगत्तै उनले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग अर्थमन्त्रालयमा भेटवार्ता गरेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register