ज्योतिषहरुको विश्लेषण, -‘गभर्नर पौडेलको ग्रह ठिक छैन, ५ बर्ष कार्यकाल पूरा नगर्न सक्छन्’

काठमाडौँ । ज्योतिषहरुले नवनियुक्त गभर्नर डा. विश्वराज पौडेलको कार्यकला पूरा नहुने संकेत गरेका छन् । उनी नियुक्त भएको दिनको साइत, उनको फलादेश र चीना हेर्दा उनले कार्यकाल पूरा गर्न नसक्ने स्थिति बन्नसक्ने तर्फ ज्योतिषहरुले संकेत गरेका हुन् । केही समय अघिमात्र पौडेलको चीना हरेको दाबी गर्ने एक ज्योतिषले यस्तो दाबी गरेका हुन् । ‘उहाँको चुनावका […]

May 22, 2025 - 03:02
 0
ज्योतिषहरुको विश्लेषण, -‘गभर्नर पौडेलको ग्रह ठिक छैन, ५ बर्ष कार्यकाल पूरा नगर्न सक्छन्’

काठमाडौँ । ज्योतिषहरुले नवनियुक्त गभर्नर डा. विश्वराज पौडेलको कार्यकला पूरा नहुने संकेत गरेका छन् । उनी नियुक्त भएको दिनको साइत, उनको फलादेश र चीना हेर्दा उनले कार्यकाल पूरा गर्न नसक्ने स्थिति बन्नसक्ने तर्फ ज्योतिषहरुले संकेत गरेका हुन् ।

केही समय अघिमात्र पौडेलको चीना हरेको दाबी गर्ने एक ज्योतिषले यस्तो दाबी गरेका हुन् । ‘उहाँको चुनावका बेलामा पनि मैले चुनाव जित्न गाह्रो छ भनेको थिएँ । अन्त्यमा उहाँले हार्नु नै भयो । अहिले पनि उहाँको गभर्नर कार्यकाल सहज देखिएको छैन । उनले ५ बर्षे आफ्नो कार्यकाल पूरा नगर्न सक्ने देखिएको छ ।’ ती ज्योतिषीले अर्थ सरोकारसँग भने ।

नियुक्ति गर्ने दिन र उनको कुण्डली विश्लेषण गर्दा सो दिनको उनका लागि समय राम्रो नभएको र उनको कुण्डलीले पनि गभर्नरका रुपमा उनले निकै धेरै उतारचढावहरु सहनुपर्ने र उस्तै परे पदनै नरहनेसम्मको खड्को रहेको ती ज्योतिषको दाबी छ ।

अव ज्योतिषको दाबी मिल्छ कि मिल्दैन भन्ने विषय भने हेर्न बाँकी नै छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register