झापा गाउँपालिकाका ५१४ किसानलाई सिचाइ मोटर र स्प्रे ट्याङ्की

चन्द्र बस्नेत/ नेत्र बिमलीकनकाई, २७ माघ । झापा गाउँपालिकाले आज किसानलाई सिञ्चाइ मोटर र स्प्रे ट्याङ्की वितरण गरेको छ । पालिकाको कृषिमा विनियोजन बजेट मार्फत ५०–५० साझेदारी कार्यक्रम अन्तर्गत १ सय ७६ मोटर र ३ सय ३८ वटा स्प्रे ट्याङ्की वितरण गरेको हो । कार्यक्रममा पालिका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलियाको अध्यक्षता एवम् कार्यवाहक अध्यक्ष [...] The post झापा गाउँपालिकाका ५१४ किसानलाई सिचाइ मोटर र स्प्रे ट्याङ्की appeared first on Jhapa Online.

Feb 9, 2025 - 15:52
 0
झापा गाउँपालिकाका ५१४ किसानलाई सिचाइ मोटर र स्प्रे ट्याङ्की

चन्द्र बस्नेत/ नेत्र बिमली
कनकाई, २७ माघ ।
झापा गाउँपालिकाले आज किसानलाई सिञ्चाइ मोटर र स्प्रे ट्याङ्की वितरण गरेको छ । पालिकाको कृषिमा विनियोजन बजेट मार्फत ५०–५० साझेदारी कार्यक्रम अन्तर्गत १ सय ७६ मोटर र ३ सय ३८ वटा स्प्रे ट्याङ्की वितरण गरेको हो । कार्यक्रममा पालिका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलियाको अध्यक्षता एवम् कार्यवाहक अध्यक्ष अञ्जुदेवी थपलियाको प्रमुख आतिथ्य रहेको थियो ।

गाउँपालिका भित्रका सबै वडामा आज एकैसाथ १ सय ७६ थान विद्युतीय मोटर र ३ सय ३८ थान स्प्रे ट्याङ्की वितरण गरेको कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलियाले जानकारी दिनुभयो । पछिल्लो समय युवा वर्ग विदेशिने अनि गाउँघरमा जेष्ठ मातापिता र बालबालिका मात्रै रहको अवस्थामा यहाँ युवालाई स्वदेमै टिकाउन र कृषि क्षेत्रको प्रबद्र्धन गर्न मोटर वितरण गरिएको उहाँले बताउनुभयो ।

झापा गाउँपालिकाले किसानलाई आत्मनिर्भर बनाउने उदेश्यले कृषि परियोजनको लागि विद्युत महसुलमा ८० प्रतिशत र झापाबासीलाई ५० प्रतिशत विद्युत महसुस समेत गाउँपालिकाले आफैं भुक्तानी गर्दै आएको कार्यवाहक अध्यक्ष थपलियाले बताउनुभयो । कृषि उत्पादन बढाउन प्रत्येक वडाका कृषकको खेतवारीमै बिजुली पुर्याउने कार्यक्रम समेत सञ्चालित रहेको बताउँदै यस आर्थिक वर्षमा समेत १ करोड रुपैयाँको बिजुलीको पोल र ६५ लाखको बिजुली तार खरिद गरिएको उहाँले बताउनुभयो । झापा गाउँपालिकाका निर्वाचित अध्यक्ष जयनारायण शाहले अगाडि बढाउनु भएको सबै कार्यक्रमहरुलाई निरंतरता दिँदै अगाडि बढेको समेत कावा अध्यक्ष थपलियाले जिकिर गर्नुभएको छ ।

स्थानीय तहको समग्र विकासका लागि जनप्रतिनिधिहरुले अगाडि सार्नु भएको महत्त्वपूर्ण कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलिलाले बताउनुभयो । झापा गाउँपालिका मकै जोन भएकोले यहाँका किसानलाई पालिकाले २०७४ देखि नै प्राथमिकतामा राखेर सहयोग पुर्याउदै आएको प्रमुख प्रशासकीय अधिकृत थपलियाले बताउनुभयो ।

थपलियाका अनुसार बोलपत्र मार्फत ४९ लाख ६ सय ७९ रुपैयाँ बराबरको मोटर र स्प्रे ट्याङ्की गरिद गरिएको हो । किलस्कर कम्पनीको २ हर्ष पावर को विद्युतीय मोटरको लागी किसानले ११ हजार ८० रुपैयाँ व्यहोर्नुपर्ने हुन्छ भने पालिकाले त्यति नै रकम व्यहोर्ने छ । त्यस्तै स्प्रे ट्याङ्कीमा समेत पालिकाले साझेदारी कार्यक्रम अनुसार १५ सय ८५ रुपैयाँ व्यहोर्ने गरी काम गरिएको थपलियाले बताउनु भयो ।

गाउँपालिकाले कृषकका लागि बिउमा अनुदान, विषादीमुक्त खेतीमा जोड, स्प्रे ट्याङ्ग्की वितरण, धानको बीउ उत्पादन अनुदान दिइरहेको निर्वाचित अध्यक्ष जय नारायण शाहले बताउनुभयो । गाउँपालिकाले कृषकका लागि मोटर सिञ्चाइमा ८० प्रतिशत र विपन्न घरका लागि ५० युनिटसम्म विद्युत महशुल शुल्क समेत गाउँपालिकाले तिरिदिने गरेको उहाँले बताउनुभयो ।

आजको कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष राजकुमार यादव, ७ का वडा अध्यक्ष शखीचन्द्र ठाकुर, निवर्तमान कृषि शाखा प्रमुख जगत नारायम मण्डल, कृषक एवम् शिक्षा समिति सदस्य शुन्दरलाल गणेश, कृषक तविजो मिया, कुमार मैनाली लगायतले आ–आफ्नो भनाइ राख्नु भएको थियो ।

उक्त कार्यक्रममा स्वागत तथा औचित्य माथि प्रकाश कृषि शाखाका समिक्षा उप्रेती पार्नुभएको थियो भने कार्यक्रमको सहजीकरण प्रशासन शाखा प्रमुख युवराज कोइरालाले गर्नु भएको थियो ।

The post झापा गाउँपालिकाका ५१४ किसानलाई सिचाइ मोटर र स्प्रे ट्याङ्की appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register