बैशाखमा मात्रै सेयर बजारबाट झण्डै साढे एक अर्ब राजश्व संकलन

काठमाडौँ । पछिल्लो एक महिनामा सरकारले सेयर बजारबाट झण्डै साढे एक अर्ब राजश्व संकलन गरेको छ । चालु आर्थिक वर्षको बैशाख महिनामा सरकारले सेयर बजारबाट १ अर्ब २२ करोड ९२ लाख ५१ हजार रुपैयाँबराबरको राजश्व संकलन गरेको हो । सीडीएस एण्ड क्लिएरिङ्ग लिमिटेडका अनुसार उक्त राजश्व अघिल्लो महिनाको अर्थात् चैतको तुलनामा ७७ प्रतिशतले बढी हो । चैत्र […]

May 22, 2025 - 13:29
 0
बैशाखमा मात्रै सेयर बजारबाट झण्डै साढे एक अर्ब राजश्व संकलन

काठमाडौँ । पछिल्लो एक महिनामा सरकारले सेयर बजारबाट झण्डै साढे एक अर्ब राजश्व संकलन गरेको छ । चालु आर्थिक वर्षको बैशाख महिनामा सरकारले सेयर बजारबाट १ अर्ब २२ करोड ९२ लाख ५१ हजार रुपैयाँबराबरको राजश्व संकलन गरेको हो ।

सीडीएस एण्ड क्लिएरिङ्ग लिमिटेडका अनुसार उक्त राजश्व अघिल्लो महिनाको अर्थात् चैतको तुलनामा ७७ प्रतिशतले बढी हो । चैत्र माहिनामा सरकारले सेयर बजारबाट ७० करोड मात्र राजश्व संकलन गरेको थियो ।

उक्त अवधिमा सबैभन्दा बढी कर तिर्नेमा अल्पकालिन लगानीकर्ता रहेको सीडीएससीको तथ्यांकले देखाएको छ । बैशाखमा  अल्पकालिन लगानीकर्ताहरुले ६३ करोड ५० लाख रुपैैयाँ कर तिरेका छन् भने दीर्घकालिन लगानीकर्ताहरुले ३३ करोड ७१ लाख तिरका छन् ।

त्यस्तै, संस्थागत लगानीकर्ताहरुले २५ करोड २३ लाख र स्टक डिलरहरुले करिब ४७ लाख कर तिरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register