अर्थशास्त्रीलाई देउताजस्तो मानेर वादको पछाडि नलागौं – गभर्नर पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका गभर्नर डा. विश्व पौडेलले असमानताको अन्त्य चाहने हो भने वादहरुको पछि लाग्न छोड्नुपर्ने बताएका छन् । काठमाडौंमा आयोजित ‘अर्थदृष्टिः अल्पविकासको अर्थ राजनीति’ नामक पुस्तक विमोचन समारोहमा उनले अर्थशास्त्रीहरुलाई देउताजस्तो मानेर यो यसको वाद यसलाई छाड्नै हुँदैन भन्ने कुरा पनि खासै सही नभएको भन्दै असमानताको अन्त्य गर्ने हो भने वादहरुको पछि […]

May 23, 2025 - 12:51
 0
अर्थशास्त्रीलाई देउताजस्तो मानेर वादको पछाडि नलागौं – गभर्नर पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका गभर्नर डा. विश्व पौडेलले असमानताको अन्त्य चाहने हो भने वादहरुको पछि लाग्न छोड्नुपर्ने बताएका छन् ।

काठमाडौंमा आयोजित ‘अर्थदृष्टिः अल्पविकासको अर्थ राजनीति’ नामक पुस्तक विमोचन समारोहमा उनले अर्थशास्त्रीहरुलाई देउताजस्तो मानेर यो यसको वाद यसलाई छाड्नै हुँदैन भन्ने कुरा पनि खासै सही नभएको भन्दै असमानताको अन्त्य गर्ने हो भने वादहरुको पछि लाग्न छोड्नुपर्ने बताए ।

उनले भने, ‘समानताको मुद्दा एकदमै जायज हो । यस्तो मुद्दा सम्बोधन गर्नको लागि त्यही नै जानुपर्छ । ०६३ सालपछि केही हदसम्म गएका छौँ । हामी असमानताको अन्त्य चाहन्छौँ भने पुँजीवाद अन्त्य हुन लाग्यो, यो त्यो भन्नेतर्फ नलागौं । कसैले सबै सत्य देखेको पनि हुँदैन  ।अर्थशास्त्रीलाई देउता जस्तो मानेर यो यसको वाद यसलाई छोड्नै हुँदैन भन्ने कुरा पनि खासै सही होइन ।’

कुनै पनि वादहरुप्रति पूर्वाग्रह नराखी सबै वादको राम्रो कुराहरु लिएर अगाडि बढ्नु पर्ने पनि उनको भनाइ छ । यस्तै, उनले असमानताले देशलाई अगाडि नबढाउने भन्दै कम्युनिस्ट आन्दोलनको राम्रो योगदान नै समानता भएको बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register