भूमिसम्बन्धी विधेयकमा ५५ वटा संशोधन दर्ता

काठमाडौं । सरकारले प्रतिनिधिसभामा पेस गरेको भूमिसम्बन्धी ऐन संशोधन   विधेयकमाथि ५५ वटा संशोधन दर्ता भएका छन् । शुक्रबार सो विधेयकमाथि दर्ताका लागि अन्तिम दिन थियो । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले एकल र संयुक्त गरी ५५ वटा संशोधन प्रस्ताव दर्ता भएको जानकारी दिए । सत्ता साझेदार दल नेपाली काङ्ग्रेसका सांसदहरूले संयुक्त रूपमा संशोधन दर्ता गराएका […]

May 23, 2025 - 12:56
 0
भूमिसम्बन्धी विधेयकमा ५५ वटा संशोधन दर्ता

काठमाडौं । सरकारले प्रतिनिधिसभामा पेस गरेको भूमिसम्बन्धी ऐन संशोधन   विधेयकमाथि ५५ वटा संशोधन दर्ता भएका छन् । शुक्रबार सो विधेयकमाथि दर्ताका लागि अन्तिम दिन थियो ।

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले एकल र संयुक्त गरी ५५ वटा संशोधन प्रस्ताव दर्ता भएको जानकारी दिए ।

सत्ता साझेदार दल नेपाली काङ्ग्रेसका सांसदहरूले संयुक्त रूपमा संशोधन दर्ता गराएका छन् । सो विधेयकमाथि संशोधन दर्ताका लागि शुक्रबार कांग्रेस सांसदहरूको बैठकसमेत भएको थियो । सो बैठकमा विधेयकका विभिन्न दफाहरूमा संशोधन गर्ने निर्णय भएअनुसार कांग्रेसबाट संशोधन दर्ता गरिएको हो ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले विभिन्न दफमा भाषागत विषय स्पष्ट पार्नुपर्ने भएकाले संशोधन दर्ता गरिएको जानकारी दिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register