सामान्य प्रशासन मन्त्रालयमा कर्मचारीको धर्ना

काठमाडौं । निजामती कर्मचारी विधेयकमा आफ्ना मागहरू पूरा नभएको भन्दै कर्मचारीहरूले सिंहदरबारस्थित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा धर्ना दिएका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा निजामती विधेयकमाथि सहमति जुटिसकेको छ । उपसमितिमार्फत विधेयकमा सहमति जुटेपछि कर्मचारीहरू भने आफ्ना मागहरू नसमेटिएको भन्दै धर्नामा उत्रिएका हुन् । उनीहरूले खरिदार र नायवसुब्बा स्तरका कर्मचारीको मागबारे […]

May 25, 2025 - 06:38
 0
सामान्य प्रशासन मन्त्रालयमा कर्मचारीको धर्ना

काठमाडौं । निजामती कर्मचारी विधेयकमा आफ्ना मागहरू पूरा नभएको भन्दै कर्मचारीहरूले सिंहदरबारस्थित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा धर्ना दिएका छन् ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा निजामती विधेयकमाथि सहमति जुटिसकेको छ । उपसमितिमार्फत विधेयकमा सहमति जुटेपछि कर्मचारीहरू भने आफ्ना मागहरू नसमेटिएको भन्दै धर्नामा उत्रिएका हुन् । उनीहरूले खरिदार र नायवसुब्बा स्तरका कर्मचारीको मागबारे विधेयकमा सम्बोधन नगरिएको बताएका छन् ।

यसअघि सेवानिवृत्त भएको दुई वर्षसम्म अर्को नियुक्ति लिन नपाइने गरी ‘कुलिङ अफ पिरियड’ को व्यवस्था विधेयकमा गरिएपछि मुख्य सचिव र सचिवहरूले सभामुख र राष्ट्रियसभा अध्यक्षलाई भेटेर सो व्यवस्था हटाउन लबिङ गरेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register