सेवानिवृत्त  भएका प्रहरी अतिरिक्त महानिरीक्षक आचार्यको बिदाइ

काठमाडौं ।  प्रहरी महानिरीक्षक दिपक थापाले प्रहरी सेवाबाट हालै सेवा निवृत्त भएका प्रहरी अतिरिक्त महानिरीक्षक लालमणि आचार्यलाई आइतबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमबीच  बिदाइ गरेका छन् । बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापाले सेवा निवृत्त हुनु  प्रहरी अतिरिक्त महानिरीक्षक आचार्यले संगठनबाट सुम्पिएको जिम्मेवारी उच्च व्यावसायिकता, संगठनप्रतिको निष्ठा, लगनशीलता र इमानदारीताका साथ सम्पन्न गरेको […]

May 25, 2025 - 10:31
 0
सेवानिवृत्त  भएका प्रहरी अतिरिक्त महानिरीक्षक आचार्यको बिदाइ

काठमाडौं ।

 प्रहरी महानिरीक्षक दिपक थापाले प्रहरी सेवाबाट हालै सेवा निवृत्त भएका प्रहरी अतिरिक्त महानिरीक्षक लालमणि आचार्यलाई आइतबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमबीच  बिदाइ गरेका छन् ।

बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापाले सेवा निवृत्त हुनु  प्रहरी अतिरिक्त महानिरीक्षक आचार्यले संगठनबाट सुम्पिएको जिम्मेवारी उच्च व्यावसायिकता, संगठनप्रतिको निष्ठा, लगनशीलता र इमानदारीताका साथ सम्पन्न गरेको चर्चा गरेका थिए ।

 सो अवसरमा प्रहरी महानिरीक्षक दिपक थापाले सेवानिवृत्त  भएका प्रहरी अतिरिक्त महानिरीक्षक लालमणि आचार्यलाई मायाको चिनो प्रदानसमेत गरेका थिए । कार्यक्रममा सेवा निवृत्त  भएका प्रहरी अतिरिक्त महानिरीक्षक लालमणि आचार्यले आफ्नो सेवा अवधिमा गरेका अनुभव सहितको मन्तव्य व्यक्त गरेका थिए ।

सेवा निवृत्त भएका प्रहरी अतिरिक्त महानिरीक्षक आचार्य २०५२ कात्तिक २७ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गरेका थिए भने प्रहरी अतिरिक्त महानिरीक्षक आचार्य उमेर हदका कारण जेठ १० गतेबाट सेवा निवृत्त भएका हुन् ।

 कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू एवम् वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register