दमकमा लागुऔषध कारोबार, चार युवा पक्राउ

दमक, ६ असार । झापाको दमकबाट लागुऔषध कारोबार गरिरहेका अवस्थामा चार जना युवालाई प्रहरीले पक्राउ गरेको छ । दमक नगरपालिका–५ बाट आज बेलुका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । यस्तो छ प्रहरीको रिपोर्ट – मिति २०८२।०३।०६ गते अन्दाजी २०:०० बजेको समयामा जिल्ला झापा दमक न.पा. वडा न.५ सृष्टी टोल स्थित देवु गडर्तौलाको टाडे घरको भुई [...] The post दमकमा लागुऔषध कारोबार, चार युवा पक्राउ appeared first on Jhapa Online.

Jun 20, 2025 - 17:30
 0
दमकमा लागुऔषध कारोबार, चार युवा पक्राउ

दमक, ६ असार । झापाको दमकबाट लागुऔषध कारोबार गरिरहेका अवस्थामा चार जना युवालाई प्रहरीले पक्राउ गरेको छ । दमक नगरपालिका–५ बाट आज बेलुका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

यस्तो छ प्रहरीको रिपोर्ट –

मिति २०८२।०३।०६ गते अन्दाजी २०:०० बजेको समयामा जिल्ला झापा दमक न.पा. वडा न.५ सृष्टी टोल स्थित देवु गडर्तौलाको टाडे घरको भुई तल्लाको कोठामा डेरा गरी बस्ने जिल्ला झापा गौरादह न.पा. वडा न. ४ धोबिने बस्ने केदार दर्जीको छोरा हाल जिल्ला झापा दमक न.पा वडा न. ५ बस्ने वर्ष २४ को अनुभव दर्नाल लगाएतका निम्न स्थान बस्ने निम्न मानिसहरु उक्त कोठामा भेला जम्मा भई लागु औषधको बिक्री बितरण गरी रहेको भन्ने गोप्य सुचनाको आधारमा इप्रका दमकबाट खटिएको प्रहरी टोलीले निजको कोठामा पुग्दा कोठा भित्र भुईमा लागु औषध र नगद समेत राखि सबै जना भई ट्याप्लेट तथा खैरो हेरोईन जस्तो देखिने पदार्थ समेत मिलाउदै गरेको अवस्थामा फेला पारी तत्काल निजहरुलाई कानुन बमोजिम तलासी लिदा प्रतिबन्धित औषधि Tramadol Hydrochloride Capsules IP 50 mg लेखेको ८० पत्ता ८०० क्याप्सुल र anargan -35 लेकिएको ८० पत्तामा ८०० चक्कि, खैरो हिरोईन जस्तो देखिने पदार्थ प्लाष्टिक बाहेक ५५० मिलिग्राम र बिभिन्न दरका नेपाली नोट रु १०,५०० ( दश हजार पाँच सय ) फेलापारी बरामद गरी निम्न मानिसहरु सहित उल्लेखित प्रतिबन्धित ला.औ, नगद समेत बरामद गरिएको । अनुसंधान जारि रहेको ।
निम्न मानिसहरू-
१. जिल्ला झापा गौरादह न.पा. वडा न. ४ धोबिने बस्ने केदार दर्जीको छोरा हाल जिल्ला झापा दमक न.पा वडा न. ५ बस्ने वर्ष २४ को अनुभव दर्नाल ।
२. जिल्ला झापा दमक न.पा. वडा न. १ संगम चोक बस्ने नर बहादुर कुमालको छोरा बर्ष २६ को सुरज कुमाल ।
३. जिल्ला झापा दमक न.पा. वडा न. ६ पुरानो बजार बस्ने उपेन्द्र कुमार दर्जीको छोरा बर्ष २९ को सुमन दर्जी ।
४. जिल्ला झापा दमक न.पा.वडा न. ७ पुरानो सब्जी लाईन बस्ने राम बहादुर पौडेलको छोरा बर्ष ३४ को बिर बहादुर

The post दमकमा लागुऔषध कारोबार, चार युवा पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register