प्रतिनिधिसभा बैठक बस्दै, १० वटा मन्त्रालयको बजेट प्रस्तावमाथि छलफलको कार्यसूची

काठमाडौं । सरकारले गत जेठ १५ गते संसद्मा प्रस्तुत गरेको ‘विनियोजन विधेयक, २०८२’ माथिको छलफल जारी छ । प्रतिनिधिसभाको आज (शनिबार) बिहान ११ बजेका लागि तय गरिएको बैठकमा विभिन्न १० वटा मन्त्रालयको बजेट प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची तय भएको संसद् सचिवालयले जनाएको छ । आजको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत […]

Jun 21, 2025 - 02:22
 0
प्रतिनिधिसभा बैठक बस्दै, १० वटा मन्त्रालयको बजेट प्रस्तावमाथि छलफलको कार्यसूची

काठमाडौं । सरकारले गत जेठ १५ गते संसद्मा प्रस्तुत गरेको ‘विनियोजन विधेयक, २०८२’ माथिको छलफल जारी छ । प्रतिनिधिसभाको आज (शनिबार) बिहान ११ बजेका लागि तय गरिएको बैठकमा विभिन्न १० वटा मन्त्रालयको बजेट प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची तय भएको संसद् सचिवालयले जनाएको छ ।

आजको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, रक्षा मन्त्रालय, खानेपानी मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको वार्षिक विनियोजन माथि छलफल हुनेछ । त्यस्तै, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, गृह मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आगामी आर्थिक वर्षको बजेट प्रस्ताव माथि छलफल हुने कार्यसूची छ ।

त्यस्तै, विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न मन्त्रालयको खर्च कटौतीको प्रस्ताव पनि आजको बैठकमा प्रस्तुत हुनेछन् । जसमा सांसद डा अमरेशकुमार सिंहले विनियोजन विधेयक, २०८२ अन्तर्गत सङ्घीय मामिला, ऊर्जा, रक्षा, स्वास्थ्य, शिक्षा, परराष्ट्र, श्रम, गृह र सञ्चार मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाइ र एक कायम गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।

त्यस्तै, सांसद प्रेम सुवालले पनि विनियोजन विधेयक, २०८२ अन्तर्गत सङ्घीय मामिला, ऊर्जा, रक्षा, स्वास्थ्य, खानेपानी, शिक्षा, परराष्ट्र, श्रम, गृह र सञ्चार मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाइ रु एक कायम गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

संसद् सचिवालयका अनुसार सांसद अमनलाल मोदीले विनियोजन विधेयक, २०८२ अन्तर्गत सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको शीर्षकको खर्च रकमलाई घटाइ रु एक कायम गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

त्यस्तै, सांसद प्रभु साहले ऊर्जा, स्वास्थ्य र खानेपानी मन्त्रालयको शीर्षकको खर्च रकमलाई घटाइ रू एक कायम गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

सांसद माधव सापकोटाले ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय शीर्षकको खर्च रकममा रु एक सय घटाइयोस् भन्ने प्रस्ताव र सांसद रणेन्द्र बरालीले रक्षा मन्त्रालय शीर्षकको खर्च रकममा रु १०० घटाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

त्यसैगरी, सांसद ज्ञानु बस्नेत सुवेदीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय शीर्षकको खर्च रकममा रु १०० घटाइयोस् भन्ने प्रस्ताव र सांसद उर्मिला माझीले खानेपानी मन्त्रालयको शीर्षकको खर्च रकममा घटाइ रु एक कायम गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । सांसद हितबहादुर तामाङ्गले शिक्षा मन्त्रालयको शीर्षकको खर्च रकमलाई घटाइ रू एक कायम गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

आजको बैठकमा सांसद अम्मरबहादुर थापाले विनियोजन विधेयक, २०८२ अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय शीर्षकको खर्च रकममा रु १०० घटाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचि रहेको छ ।

त्यस्तै, सांसद छिरिङ ल्हामुलामा तामाङले परराष्ट्र मन्त्रालय र नारायणी शर्माले श्रम मन्त्रालयको शीर्षकको खर्च रकमलाई घटाइ रू एक कायम गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

सांसद चित्रबहादुर केसीले विनियोजन विधेयक, २०८२ अन्तर्गत गृह मन्त्रालयको शीर्षकको खर्च रकममा उल्लिखित रकम घटाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र सांसद गृह मन्त्रालय शीर्षकको खर्च रकममा रु १०० घटाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची तय भएको संसद सचिवालयले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register