स्कटल्यान्डले जित्यो टी–२० श्रृंखलाको उपाधि, नेपाल रनरेटले पछाडि

काठमाडौं । अन्तिम खेलमा नेपाललाई हराउँदै घरेलु टोली स्कटल्यान्डले टी–२० आई क्रिकेट श्रृंखलाको उपाधि जितेको छ । शुक्रबार राति ग्लासगोवमा भएको निर्णायक खेलमा नेपाललाई ४३ रनले हराउँदै स्कटल्यान्डले उपाधि जितेको हो । डबल राउन्डरोबिनका आधारमा खेलाइएको खेलमा स्कटल्यान्ड नेपाल र नेदरल्यान्ड्स गरी तीनवटै टोलीले दुई–दुई खेल जितेका थिए । तीनवटै टोलीले चार खेलमा दुई जित […]

Jun 21, 2025 - 01:52
 0
स्कटल्यान्डले जित्यो टी–२० श्रृंखलाको उपाधि, नेपाल रनरेटले पछाडि

काठमाडौं । अन्तिम खेलमा नेपाललाई हराउँदै घरेलु टोली स्कटल्यान्डले टी–२० आई क्रिकेट श्रृंखलाको उपाधि जितेको छ ।

शुक्रबार राति ग्लासगोवमा भएको निर्णायक खेलमा नेपाललाई ४३ रनले हराउँदै स्कटल्यान्डले उपाधि जितेको हो ।

डबल राउन्डरोबिनका आधारमा खेलाइएको खेलमा स्कटल्यान्ड नेपाल र नेदरल्यान्ड्स गरी तीनवटै टोलीले दुई–दुई खेल जितेका थिए ।

तीनवटै टोलीले चार खेलमा दुई जित र दुई हारका साथ चार अंक बनाए । यद्यपि नेट रेनरेटमा स्कटल्यान्ड अघि रह्यो । स्कटल्यान्डको रननेट ०.०७२ छ ।

रनरेट माइनस ०.२९१ रहेको नेपाल अंकतालिकाको दोस्रो स्थानमा रह्यो । माइनस ०.३८५ रनरेट रहेको नेदरल्यान्ड्स तेस्रो भयो ।

श्रृंखलाको अन्तिम खेलमा टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १८३ रन बनाएको थियो । उसका लागि जर्ज मुर्रेले अर्धशतकसहित सर्वाधिक ७८ रन बनाए ।

नेपालका लागि कुशल भुर्तेलले दुई तथा रुपेश सिंह, ललित राजवंशी र सन्दीप लामिछानेले एक–एक विकेट लिए ।

१८४ रनको लक्ष्य पछ्याएको नेपाल १८.५ ओभरमै १५९ रनमा सीमित भयो । नेपालको विकेट पतन सुरुवातदेखि नै भएको थियो । नेपालका लागि रुपेश सिंहले २२ बलमा सर्वाधिक ४३ रन बनाए ।

यस्तै उपकप्तान दीपेन्द्रसिंह ऐरी र कप्तान रोहित पौडेलले क्रमशः ३३ र २७ रनको योगदान दिए । स्कटल्यान्डका क्रिस ग्रेभेसले सर्वाधिक तीन विकेट लिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register