पेमा लामालाई ह्योल्मो समाज यूकेको नेतृत्व

लन्डन । ह्योल्मो समाज यूकेको तेस्रो अधिवेशनले श्रीमती पेमा लामा ह्योल्मोलाई अध्यक्षमा निर्विरोध चयन गरेको छ । २५ मे आइतबार लन्डन वेम्लीस्थित तमु समाज भवनमा सम्पन्न अधिवेशनले आगामी दुई वर्षे कार्यकालका लागि हेलम्बु १ की स्थायी बासिन्दा श्रीमती पेमाको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । वरिष्ठ उपाध्यक्ष लामा पासाङ ह्योल्मो, उपाध्यक्षमा लामा […]

May 26, 2025 - 22:12
 0
पेमा लामालाई ह्योल्मो समाज यूकेको नेतृत्व

लन्डन । ह्योल्मो समाज यूकेको तेस्रो अधिवेशनले श्रीमती पेमा लामा ह्योल्मोलाई अध्यक्षमा निर्विरोध चयन गरेको छ ।

२५ मे आइतबार लन्डन वेम्लीस्थित तमु समाज भवनमा सम्पन्न अधिवेशनले आगामी दुई वर्षे कार्यकालका लागि हेलम्बु १ की स्थायी बासिन्दा श्रीमती पेमाको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

वरिष्ठ उपाध्यक्ष लामा पासाङ ह्योल्मो, उपाध्यक्षमा लामा पेम्बा दोर्जे ह्योल्मो, महासचिव लामा विजय ह्योल्मो (बिक्की), सचिव श्रीमती टासी डोल्मो ह्योल्मो, कोषाध्यक्ष लामा रेञ्जेन ह्योल्मो र सह कोषाध्यक्षमा लामा मिच्युङ ह्योल्मो निर्वाचित भएका छन् ।

यसैगरि सदस्यहरुमा नुर्बु लामा ह्योल्मो (पारागाङ्) हेलम्बु– १, ल्हाक्पा दिन्डु ह्योल्मो (मेलम्ची घ्याँङ), श्रीमती तारा प्रधान लामा ह्योल्मो (छिमी), श्रीमती नवाङ् डोमा शेर्पा ह्योल्मो (गाङखर्का बाङदङ), सुश्री निमा लामा ह्योल्मो (ज्याल्सा) र लामा बाबु ह्योल्मो (नागी) चुनिए ।

नवगठित कार्यसमितिलाई संस्थापक अध्यक्ष एवं निर्वाचन मण्डलका संयोजक सानु डान्दुल लामा ह्योल्मोले खादा लगाई वधाई दिए ।

निर्वाचन समितिमा ल्हटूल लामा ह्योल्मो र प्रेमा लामा ह्योल्मो सदस्य थिए ।

करिब १०० जना सहभागी उक्त कार्यक्रमको पहिलो चरण महासचिव दोर्जे डण्डुल ह्योल्मोले सञ्चालन गरेका थिए भने अध्यक्ष लामा कर्म टासी छिरिङ ह्योल्मोको सभापतित्वमा सम्पन्न भएको थियो ।

विशाल स्याङबो तामाङ

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register