बेलायतमा यो हप्ताको तापक्रम सात वर्षको यताकै नयाँ रेकर्ड हुने

लन्डन । बेलायतमा यो हप्ता यस वर्षकै सबैभन्दा बढी गर्मि हुनेछ भने सम्भवत: सात वर्षयताकै सबैभन्दा बढी गर्मि हुने अप्रिल महिना  हुन सक्ने अनुमान गरिएको छ। स्थानीय मौसम विभाग मेट अफिसले दिएको जानकारी अनुसार बुधबार र विहीबारको तापक्रम २७ देखि २८ डिग्री सेल्सियस (८१-८२° फारेनहाइट) सम्म पुग्न सक्ने अनुमान गरिएको छ । यद्धपी यहाँको तापक्रम […]

Apr 28, 2025 - 19:43
 0
बेलायतमा यो हप्ताको तापक्रम सात वर्षको यताकै नयाँ रेकर्ड हुने

लन्डन । बेलायतमा यो हप्ता यस वर्षकै सबैभन्दा बढी गर्मि हुनेछ भने सम्भवत: सात वर्षयताकै सबैभन्दा बढी गर्मि हुने अप्रिल महिना  हुन सक्ने अनुमान गरिएको छ।

स्थानीय मौसम विभाग मेट अफिसले दिएको जानकारी अनुसार बुधबार र विहीबारको तापक्रम २७ देखि २८ डिग्री सेल्सियस (८१-८२° फारेनहाइट) सम्म पुग्न सक्ने अनुमान गरिएको छ ।

यद्धपी यहाँको तापक्रम बुधबार नै २७ डिग्री  सेल्सियस पुग्यो भने यो बेलायतमा ७ वर्षको सबैभन्दा गर्मि हुने अप्रिल महिना हुनेछ। केहि स्थानमा तापक्रम २९ दिग्रिसम्म पुग्ने अनुमान गरिएको छ ।

यसअघि २०१८ को अप्रिलमा २९.४ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको थियो।  केहि दिनसम्म गर्मि  मौसम रहने भएकाले सूर्यको तेजबाट बच्न सावधानी अपनाउन  सनस्क्रिन लगाउने र पर्याप्त मात्रामा पानी पिउन मेट अफिसले सल्लाह दिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register