राप्रपाको चुनावी प्रतिबद्धता सार्वजनिक [पूर्णपाठसहित]

काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल (राप्रपा) ले आसन्न स्थानीय तह निर्वाचनका लागि प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ ।

Apr 20, 2022 - 10:35
 0
राप्रपाको चुनावी प्रतिबद्धता सार्वजनिक [पूर्णपाठसहित]

पार्टी कार्यालय धुम्बाराहीमा बुधबार आयोजित ‘स्थानीय तह निर्वाचन, प्रतिबद्धता पत्र सार्वजनिक’ कार्यक्रममा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।

सार्वजनिक प्रतिबद्धता पत्रमा कक्षा १२ सम्म पूर्ण निःशुल्क बनाउने उल्लेख छ । साथै सबै स्थानीय तहमा प्राविधिक विद्यालय खोल्ने र एक/एक प्रतिभाशाली विद्यार्थीलाई चिकित्सा शास्त्र र इन्जिनियरीमा छात्रवृत्ति दिने सार्वजनिक पत्रमा उल्लेख छ । 

यसैगरी सुत्केरीलाई तीन महिननासम्म मासिक तीन हजार रूपैयाँका दरले सुत्केरी भत्ता दिने पनि राप्रपाले प्रतिबद्धतापत्रमा उल्लेख छ । हरेक वडामा प्रसूति सेवा दिने र किशोरीहरूलाई पाठेघरको क्यान्सरविरूद्ध खोप दिने राप्रपाले प्रतिबद्धता जनाएको छ ।

छात्राहरूलाई निःशुल्क स्यानेटरी प्याड उपलब्ध गराउने पनि उल्लेख छ । सार्वजनिक प्रतिबद्धतापत्रमा भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अवलम्बन गरिने उल्लेख छ ।

राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र, स्थायित्व र समृद्धिका लागि देशमा सर्वधर्म, समभाव, पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र र संवैधानिक राजसंस्थासहितको प्रजातन्त्रलाई राप्रपाले आफ्नो प्रतिबद्धता पत्रमा उल्लेख गरेको छ ।

परम्परागत रूपमा चलिआएका मूल्यमान्यतालाई निरन्तरता दिने, स्थानीय तहमा ६ महिनाभित्र विपन्न परिवारको पहिचान गर्नेलगायतका विषयमा राप्रपाले प्रतिबद्धता जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Anish Pokhrel म हराएको मान्छे, कृपयाँ मलाई खोज्ने प्रयास नगर्नु होला। तपाईं पनि, हाम्रो ग्लोबल मेडिया मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register