उमागौरी सहकारी विवाद : ‘धरौटीको भोल्युम’मा मिलेन न्यायाधीशको कुरा

विराटनगर । मोरङको उमागौरी सहकारी ठगी प्रकरणमा ‘धरौटीमा रकम बढाउने कि जिल्लाले तोकेकै धरौटी सदर गर्ने’ भन्ने विषयमा उच्च अदालत विराटनगरका दुई न्यायाधीशको राय बाझिएको छ । यो सहकारी ठगीमा प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोख्रेलकी श्रीमती अञ्जला कोइरालासमेत सामेल छिन् । ११ वैशाख २०८२ मा उच्च अदालतका न्यायाधीशद्वय श्रीधराकुमारी पुडासैनी र केशवप्रसाद […]

May 5, 2025 - 13:04
 0
उमागौरी सहकारी विवाद : ‘धरौटीको भोल्युम’मा मिलेन न्यायाधीशको कुरा

विराटनगर । मोरङको उमागौरी सहकारी ठगी प्रकरणमा ‘धरौटीमा रकम बढाउने कि जिल्लाले तोकेकै धरौटी सदर गर्ने’ भन्ने विषयमा उच्च अदालत विराटनगरका दुई न्यायाधीशको राय बाझिएको छ ।

यो सहकारी ठगीमा प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोख्रेलकी श्रीमती अञ्जला कोइरालासमेत सामेल छिन् ।

११ वैशाख २०८२ मा उच्च अदालतका न्यायाधीशद्वय श्रीधराकुमारी पुडासैनी र केशवप्रसाद बास्तोलाबीच अञ्जला कोइरालासहित तीन जनाको धरौटी रकम बढाउने कि नबढाउने भन्ने विषयमा राय बाझिएको हो ।

यद्यपि, न्यायाधीशद्वय पुडासैनी र बास्तोलाको इजलासले उमागौरी सहकारीका अध्यक्ष शम्भुप्रसाद रौनियारलाई थुनामा राख्ने जिल्ला अदालतको आदेश भने सदर गरेको छ ।

न्यायाधीश श्रीधराकुमारी पुडासैनीले जिल्ला अदालतले अञ्जला, ज्योती बास्कोटा, सन्तलाल खवासलाई जिल्ला अदालतले तिराएको धरौटी रकम ठीक भएको राय दिइन् ।

तर, न्यायाधीश केशवप्रसाद बास्तोलाले भने जिल्ला अदालतले तोकेको धरौटी रकम बढाउनुपर्ने राय दिए । बास्तोलाले फरक राय लेख्नुको कारण भने ‘जिल्ला अदालतबाट एकरूपको आदेश भएको नदेखिएको’ विषयलाई कोट गरेका छन् ।

मोरङ जिल्ला अदालतले अञ्जला कोइरालालाई १० लाख, सन्तलाल खवासलाई ५ लाख, र ज्योती बास्कोटालाई ५ लाख रुपैयाँमा धरौटीमा छोड्न आदेश दिएको थियो । त्यसैगरी सहकारीका अध्यक्ष शम्भुप्रसाद रौनियार र रोशन राजवंशीलाई भने पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।

यी पाँच जनामध्ये उमागौरी सहकारीका अध्यक्षलाई थुनामै राख्ने विषयमा मात्र न्यायाधीशद्वय पुडासैनी र बास्तोलाको राय मिल्यो ।

पुडासैनीले जिल्ला अदालतले गरेको आदेश ठीक भएको राय दिइन् । तर, बास्तोलाले थुनामा रहेका रोशन राजवंशीलाई एक करोड धरौटीमा रिहा गर्नुपर्ने राय दिए । अञ्जला, ज्योती र सन्तलालको धरौटी रकम बढाएर प्रत्येक व्यक्तिसँग एक करोड धरौटी माग्नुपर्ने राय न्यायाधीश बास्तोलाको छ । उनले इजलासको राय फरक–फरक भएकाले तेस्रो न्यायाधिसको इजलासमा मुद्दा पेस गर्न समेत आदेश दिएका छन् ।

‘माननीय न्यायाधीशज्यू श्री श्रीधरा कुमारी पुडासैनीको रायसँग सो हदसम्म म सहमत हुन नसकेको हुँदा प्रस्तुत निवेदनहरू सुनुवाइका लागि तेस्रो न्यायाधीशको इजलाससमक्ष पेस गर्नु’ भनेर पनि आदेश गरेका छन् ।

दुई न्यायाधीशको राय बाझिएपछि यो मुद्दाको सुनुवाइ अब २५ वैशाखमा हुने भएको छ ।

२७ मङ्सिर २०८१ मा सहकारीको २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ हिनामिना गरेको भन्दै अञ्जलासहित २६ जनालाई प्रतिवादी बनाएर मोरङ अदालतमा मुद्दा दायर भएको थियो । यो मुद्दामा अझै एक दर्जनभन्दा बढी फरार छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register