ला लिगा : सर्वाधिक एसिस्ट गर्नेमा १७ वर्षीय यमाल अगाडि

काठमाडौं । स्पेन राष्ट्रिय फुटबल टोलीका विङ्गर लामिन यमालले कम उमेरमै धेरै कीर्तिमान बनाउने खेलाडीमा पर्छन् । गत वर्ष जर्मनीमा भएको युरोकप स्पेनले जित्दा यादगर प्रदर्शन गरेका थिए । १७ वर्षीय यमालले क्लब फुटबलमा पनि यो प्रदर्शन कायमै राखेका छन् । जारी ला लिगामा उनले २५ खेल सकिँदा सर्वाधिक एसिस्ट गर्नेमा उनी नै अगाडि छन् […]

Feb 25, 2025 - 07:20
 0
ला लिगा : सर्वाधिक एसिस्ट गर्नेमा १७ वर्षीय यमाल अगाडि

काठमाडौं । स्पेन राष्ट्रिय फुटबल टोलीका विङ्गर लामिन यमालले कम उमेरमै धेरै कीर्तिमान बनाउने खेलाडीमा पर्छन् । गत वर्ष जर्मनीमा भएको युरोकप स्पेनले जित्दा यादगर प्रदर्शन गरेका थिए ।

१७ वर्षीय यमालले क्लब फुटबलमा पनि यो प्रदर्शन कायमै राखेका छन् ।

जारी ला लिगामा उनले २५ खेल सकिँदा सर्वाधिक एसिस्ट गर्नेमा उनी नै अगाडि छन् । उनले हालसम्म ११ एसिस्ट गरिसकेका छन् ।

सूचीको दोस्रो स्थानमा एथ्लेटिक क्लब बिल्बाओबाट खेल्ने घानाका खेलाडी इन्की विलियम्स छन् । उनले ८ एसिस्ट गरेका छन् ।

यस्तै सूचीको तेस्रो नम्बरमा बार्सिलोनाका ब्राजिलियन खेलाडी राफिन्हा र भिल्लारियालका स्पेनिस एट्याकिङ मिडफिल्यर एलेक्स बेइना छन् ।

यमालको प्रदर्शनका मद्दतले बार्सिलोना अहिले ला लिगाको शीर्ष स्थानमा छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register