आज आर्थिक वर्ष २०८२–०८३ का लागि २० खर्बको बजेट ल्याउने तयारी

झापा, १५ जेठ । सरकारले आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक गर्दैछ । आज दिउँसो ३ बजे बस्ने संसद्का दुवै सदनको संयुक्त बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२–०८३ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्दैछन् । नेपालको संविधानको धारा ११९ मा प्रत्येक वर्ष जेठ १५ गते बजेट ल्याउनुपर्ने व्यवस्था छ [...] The post आज आर्थिक वर्ष २०८२–०८३ का लागि २० खर्बको बजेट ल्याउने तयारी appeared first on Jhapa Online.

May 29, 2025 - 03:36
 0
आज आर्थिक वर्ष २०८२–०८३ का लागि २० खर्बको बजेट ल्याउने तयारी

झापा, १५ जेठ । सरकारले आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक गर्दैछ । आज दिउँसो ३ बजे बस्ने संसद्का दुवै सदनको संयुक्त बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२–०८३ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्दैछन् ।

नेपालको संविधानको धारा ११९ मा प्रत्येक वर्ष जेठ १५ गते बजेट ल्याउनुपर्ने व्यवस्था छ । यस वर्ष सरकारले झण्डै २० खर्ब रुपैयाँको बजेट ल्याउने तयारी गरेको छ।

संसद् सचिवालयले दुवै सदनका सदस्यलाई दिउँसो २ः४५ बजे अगाडि नै प्रतिनिधिसभा बैठक कक्षमा उपस्थित हुन आग्रह गरेको छ।

त्यसअघि प्रतिनिधिसभाको अपराह्न १ः३० हुने बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको बेहोरा वाचन गर्ने तथा अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०८२–०८३ आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची छ।

त्यसैगरी राष्ट्रियसभाको अपराह्न १ः४५ मा हुने बैठकमा अर्थमन्त्री पौडेलले ‘आव २०८२–०८३ को आर्थिक सर्वेक्षण’ सभासमक्ष पेस गर्ने सम्भावित कार्यतालिका सार्वजनिक गरेको छ।

The post आज आर्थिक वर्ष २०८२–०८३ का लागि २० खर्बको बजेट ल्याउने तयारी appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register