भिजिट भिसा प्रकरणः झलनाथ खनालले भने- ‘एउटालाई बलिको बोको बनाएर अरु चोखो बन्न खोज्दैछन्’ 

काठमाडौँ । एकीकृत समाजवादीका नेता झलनाथ खनालले भिजिट भिसा प्रकरणमा एक जनालाई ‘बलिको बोको’ बनाएर अरु चोखिन खोजेको बताएका छन् । १८औँ गणतन्त्र दिवसको अवसरमा पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।  नेता खनालले विमानस्थलमा धेरैको योजनाका साथ भ्रष्टाचारको धन्दा चलिरहेको समेत दाबी गरेका छन् । उनले एउटालाई ‘बलिको बोको’ बनाएर अरु […]

May 29, 2025 - 08:38
 0
भिजिट भिसा प्रकरणः झलनाथ खनालले भने- ‘एउटालाई बलिको बोको बनाएर अरु चोखो बन्न खोज्दैछन्’ 

काठमाडौँ । एकीकृत समाजवादीका नेता झलनाथ खनालले भिजिट भिसा प्रकरणमा एक जनालाई ‘बलिको बोको’ बनाएर अरु चोखिन खोजेको बताएका छन् । १८औँ गणतन्त्र दिवसको अवसरमा पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 

नेता खनालले विमानस्थलमा धेरैको योजनाका साथ भ्रष्टाचारको धन्दा चलिरहेको समेत दाबी गरेका छन् । उनले एउटालाई ‘बलिको बोको’ बनाएर अरु चोखिन खोजेको बताए । ‘एयरपोर्टमा धेरैको योजनाका साथ भ्रष्टाचारको धन्दा चलिरहेको छ ।’, उनले भने, ‘अहिले एउटालाई बलिको बोको बनाएर अरू चोखिन खोज्दैछन् ।’

त्यस्तै, देश अहिले राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक हिसाबले संकटग्रस्त अवस्थामा पुगेको पनि खनालले बताएका छन् । उनले मुलुकको राष्ट्रियतामाथि लगातार बाह्य हस्तक्षेपहरू भइरहेको धारणा राखेका छन् ।

‘देश अहिले राजनीतिक रूपले पनि सङ्कटग्रस्त छ । आर्थिक रूपले पनि सङ्कटग्रस्त छ । सामाजिक हिसाबले पनि सङ्कटग्रस्त छ । सांस्कृतिक हिसाबले पनि सङ्कटग्रस्त छ ।’, उनले भने, ‘ मुलुकको राष्ट्रियतामाथि लगातार बाह्य हस्तक्षेपहरू भइरहेका छन् ।’  

अर्कोतर्फ मुलुकमा कृषि, उद्योगधन्दा विकास गर्न नसकिएको बताउँदै नेता खनालले शिक्षामा समेत अराजकता मौलाएको बताएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register