सरकारको आर्थिक सर्वेक्षण : चालु आर्थिक वर्षमा सार्वजनिक ऋण २६ खर्ब ७६ अर्ब बढी

काठमाडौं । चालु आर्थिक २०१८१/८२ मा सार्वजनिक ऋण २६ खर्ब ७६ अर्ब नाघेको छ । संसद्मा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै सार्वजनिक ऋण कुल ग्राहस्थ्य उत्पादनको ४३.८ प्रतिशत पुगेको जानकारी दिएका हुन् । कुल ग्राहस्थ्य उत्पादनको आकार ६१ खर्ब ७ अर्ब पुग्दा सार्वजनिक ऋणको आकार २६ खर्ब ७६ अर्ब ४ करोड पुगेको हो […]

May 29, 2025 - 09:26
 0
सरकारको आर्थिक सर्वेक्षण : चालु आर्थिक वर्षमा सार्वजनिक ऋण २६ खर्ब ७६ अर्ब बढी

काठमाडौं । चालु आर्थिक २०१८१/८२ मा सार्वजनिक ऋण २६ खर्ब ७६ अर्ब नाघेको छ । संसद्मा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै सार्वजनिक ऋण कुल ग्राहस्थ्य उत्पादनको ४३.८ प्रतिशत पुगेको जानकारी दिएका हुन् ।

कुल ग्राहस्थ्य उत्पादनको आकार ६१ खर्ब ७ अर्ब पुग्दा सार्वजनिक ऋणको आकार २६ खर्ब ७६ अर्ब ४ करोड पुगेको हो । चालु आर्थिक वर्षमा वित्त घाटा १६ अर्ब १९ करोड रहेको मन्त्री पौडेलले बताए । आर्थिक वर्ष २०८०/८१ मा वित्त घाटा ७० अर्ब ३६ करोड रहेको मन्त्री पौडेलले बताए ।

चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ४.६१ प्रतिशतले बढ्ने सरकारको सर्वेक्षण छ । मधेस, कोसी र सुदुरपश्चिम बाहेकका प्रदेशमा राष्ट्रिय औसतभन्दा माथिको आर्थिक वृद्धि अपेक्षा गरिएको छ ।

चालु  आर्थिक वर्षमा प्रतिव्यक्ति आय १५ सय १७ डलर पुग्ने सरकारको अनुमान छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register