बजेट भाषण सकिनसाथ संसद्मा अवरोध गर्ने प्रतिपक्षीको तयारी, गृहमन्त्रीको राजिनामा मागिने !

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट भाषण सकिए लगत्तै प्रतिपक्षी दलले संसद्मा अवरोध गर्ने तयारी गरेका छन् । आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेट भाषणका लागि मात्र संसद्को अवरोध रोकेका प्रतिपक्षी दलले बजेट भाषण सकिने बितिकै अवरोध गर्ने तयारी गरेका हुन् । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको राजस्व तथा व्ययको अनुमान (बजेट) […]

May 29, 2025 - 09:26
 0
बजेट भाषण सकिनसाथ संसद्मा अवरोध गर्ने प्रतिपक्षीको तयारी, गृहमन्त्रीको राजिनामा मागिने !

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट भाषण सकिए लगत्तै प्रतिपक्षी दलले संसद्मा अवरोध गर्ने तयारी गरेका छन् ।

आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेट भाषणका लागि मात्र संसद्को अवरोध रोकेका प्रतिपक्षी दलले बजेट भाषण सकिने बितिकै अवरोध गर्ने तयारी गरेका हुन् ।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको राजस्व तथा व्ययको अनुमान (बजेट) प्रस्तुत गरेर सकिने बितिकै संसद्मा अवरोध गर्ने तयारी रहेको माओवादीका एक सांसदले बताए ।

ती सांसद्का अनुसार संसद् बैठकमा अवरोध गर्दै भिजिट भिसा प्रकरणमा नाम मुछिएका गृहमन्त्री रमेश लेखकको राजिनामा मागिनेछ । त्यसलाई माओवादीका सांसदहरुले भ्रष्टाचारविरुद्धको संघर्ष भनेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादीका सांसद हितराज पाण्डेले बजेट भाषणमा कुनै अवरोध नगर्ने तर बजेटपछि संसद्का सबै कारवाही चल्न नदिने बताएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register