पुँजीगत लाभकर यथावत, सेयर बजारमैत्री नीतिहरू समावेश

काठमाडौं। सेयर बजारमा पुँजीगत लाभकर बढ्ने आशंका व्यापक रूपले फैलिएको बेला अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२-८३ को बजेटमार्फत लाभकर दर यथावत राख्ने निर्णय गरेका छन्। हाल १ वर्षभन्दा कम अवधिको सेयर होल्डमा ७.५ प्रतिशत र १ वर्षभन्दा बढी अवधिमा ५ प्रतिशत पुँजीगत लाभकर लाग्ने व्यवस्था यथावतै रहनेछ। बजेटमा यसबारे स्पष्ट उल्लेख नभए पनि […]

May 29, 2025 - 17:19
 0
पुँजीगत लाभकर यथावत, सेयर बजारमैत्री नीतिहरू समावेश

काठमाडौं।

सेयर बजारमा पुँजीगत लाभकर बढ्ने आशंका व्यापक रूपले फैलिएको बेला अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२-८३ को बजेटमार्फत लाभकर दर यथावत राख्ने निर्णय गरेका छन्। हाल १ वर्षभन्दा कम अवधिको सेयर होल्डमा ७.५ प्रतिशत र १ वर्षभन्दा बढी अवधिमा ५ प्रतिशत पुँजीगत लाभकर लाग्ने व्यवस्था यथावतै रहनेछ।

बजेटमा यसबारे स्पष्ट उल्लेख नभए पनि पूर्ववत कर प्रणालीलाई निरन्तरता दिइएको अनुमान गरिएको छ । बजेटमा नेप्सेको पुनर्संरचना गरी संस्थागत क्षमता अभिवृद्धि गरिने उल्लेख छ, जुन विगतका बजेटहरूमा पनि समेटिए पनि पूर्ण कार्यान्वयन हुन सकेको छैन ।

बजेटमा पुँजी बजारसँग बुँदाहरु

-आर्थिक अपराध नियन्त्रण ः राष्ट्रिय जोखिम मूल्यांकन शीघ्र सम्पन्न गरी आर्थिक अपराध अनुसन्धान तीव्र पारिनेछ। सम्पत्ति शुद्धीकरण रोक्न नियामक निकायहरूको निगरानी, अनुसन्धान र कारवाही क्षमता सुदृढ गरिनेछ।

-वित्तीय क्षेत्र सुधार ः पुँजी प्रवाहमा सहजता, जोखिम व्यवस्थापन सुदृढीकरण, र नियामक संस्थाहरूको क्षमता अभिवृद्धि गरिनेछ।
-कानूनी सुधार र संस्थागत सबलीकरण ः नेपाल राष्ट्र बैंक, बीमा प्राधिकरण, धितोपत्र बोर्ड लगायतका कानूनी र संस्थागत सुधार गरिनेछ। नेप्सेको पुनर्संरचना गरिनेछ।

-दोस्रो वित्तीय क्षेत्र सुधार रणनीति ः खराब कर्जा व्यवस्थापनका लागि एसेट मेनेजमेण्ट कम्पनी स्थापना गरिनेछ।
-एकीकृत केवाई प्रणाली ः वर्षमा एकपटक मात्र एक ठाउँमा केवाईसी विवरण अद्यावधिक गरी राष्ट्रिय परिचयपत्रमा आवद्ध गरिनेछ।

-धितोपत्र बजारमा संस्थागत लगानी ः लगानी कम्पनीहरू, कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोषलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगमा लगानी गर्न कानूनी सहजीकरण गरिनेछ।

-सरकारी ऋणपत्र र गैर आवासीय नेपाली ः सरकारी ऋणपत्रको दोस्रो बजार सुरू गरिनेछ। गैर आवासीय नेपालीलाई पनि दोस्रो बजारमा कारोबार गर्न अनुमति दिइनेछ।

-नेपाल टेलिकममा जनसाधारणको स्वामित्व ः सरकारको बहुमत कायम राख्दै टेलिकमको केही सेयर सर्वसाधारणमा विनियोजन गरिनेछ। रणनीतिक साझेदारीको नीति अवलम्बन गरिनेछ।

-सूचना प्रविधिको प्रयोग ः सबै सार्वजनिक तथा वित्तीय सेवा क्षेत्रमा राष्ट्रिय परिचयपत्रको अनिवार्य प्रयोग गरिनेछ। नागरिकता विद्युतीय रूपमा वितरण गरिनेछ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register