माझीहरुको कोशी पूजा मनाउन दुई दिन सार्वजनिक बिदा 

सिन्धुली।   सिन्धुलीको मरिण गाउँपालिकाले माझी समुदायको मुख्य पर्व लदी (कोशी) पूजाको अवसरमा सार्वजनिक बिदा दिने भएको छ । गाउँपालिकाले आज सूचना निकालेर लदी पुजाको अवसरमा फागुन १९ र २० गते दुई दिन स्थानीय बिदा दिइएको जनाएको छ ।  गाउँपालिकाको कार्यालय, सात वटै वडा कार्यालयहरु तथा शिक्षण संस्थाहरुमा स्थानीय बिदा दिने निर्णय गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय […]

Mar 2, 2025 - 12:51
 0
माझीहरुको कोशी पूजा मनाउन दुई दिन सार्वजनिक बिदा 

सिन्धुली। 

 सिन्धुलीको मरिण गाउँपालिकाले माझी समुदायको मुख्य पर्व लदी (कोशी) पूजाको अवसरमा सार्वजनिक बिदा दिने भएको छ । गाउँपालिकाले आज सूचना निकालेर लदी पुजाको अवसरमा फागुन १९ र २० गते दुई दिन स्थानीय बिदा दिइएको जनाएको छ । 

गाउँपालिकाको कार्यालय, सात वटै वडा कार्यालयहरु तथा शिक्षण संस्थाहरुमा स्थानीय बिदा दिने निर्णय गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास सुन्दासद्वारा जारी  सूचनामा उल्लेख छ । माझी समुदायले प्रत्येक वर्ष फागुनको तेस्रो मंगलवार लदी(कोशी) पूजा मनाउने गर्छन् ।

 मरिण गाउँपालिकामा तामाङ पछि माझी समुदायको मुख्य बाहुल्यता रहेको छ । माझी समुदायको संस्कार, सस्कृति र भेष–भुषालाई संरक्षण गर्न र पर्वलाई हर्षोउल्लासका साथ मनाउनको लागि स्थानीय बिदा दिइएको गाउँपालिकाले जनाएको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register