भारतीय टीभी अभिनेता विभु राघवको निधन

काठमाडौं । भारतीय टीभी अभिनेता वैभवकुमार सिंह राघवको निधन भएको छ । विभु राघवको नामले चिनिने वैभवकुमार सिंह राघवले जुन २ मा अन्तिम सास फेरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनी २०२२ देखि चौथो चरणको कोलोन क्यान्सरबाट पीडित थिए । उनको मुम्बईको नानावती अस्पतालमा उपचार भइरहेको थियो। उनले ‘निशा एण्ड उस्के कजिन्स’, ‘सुभ्रिन गुग्गल’ र […]

Jun 3, 2025 - 09:40
 0
भारतीय टीभी अभिनेता विभु राघवको निधन

काठमाडौं । भारतीय टीभी अभिनेता वैभवकुमार सिंह राघवको निधन भएको छ ।

विभु राघवको नामले चिनिने वैभवकुमार सिंह राघवले जुन २ मा अन्तिम सास फेरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनी २०२२ देखि चौथो चरणको कोलोन क्यान्सरबाट पीडित थिए । उनको मुम्बईको नानावती अस्पतालमा उपचार भइरहेको थियो।

उनले ‘निशा एण्ड उस्के कजिन्स’, ‘सुभ्रिन गुग्गल’ र ‘रिदम’ जस्ता टीभी कार्यक्रमहरूबाट पहिचान बनाएका थिए । अभिनेत्री कावेरी प्रियम र अभिनेता करणवीर मेहराले विभु राघवको निधनमा शोक व्यक्त गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register