भारतको बजेट : १२ लाखसम्मको वार्षिक आम्दानीमा आयकर तिर्नु नपर्ने

काठमाडौं । भारतकी अर्थमन्त्री निर्मला सीतारमणले आयकरमा ठूलो राहत घोषणा गरेकी छन् । आर्थिक वर्ष २०२५-२६ को बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्रीले नयाँ आयकर स्ल्याब पनि घोषणा गरेकी छन् । यो घोषणाअनुसार नयाँ कर प्रणालीमा वार्षिक १२ लाख रुपैयाँसम्मको आम्दानीमा कुनै आयकर तिर्नुपर्ने छैन । तलब वर्गको स्ट्यान्डर्ड डिडक्सन ७५ हजार मात्र राखिएको छ, त्यसैले […]

Feb 1, 2025 - 09:22
 0
भारतको बजेट : १२ लाखसम्मको वार्षिक आम्दानीमा आयकर तिर्नु नपर्ने

काठमाडौं । भारतकी अर्थमन्त्री निर्मला सीतारमणले आयकरमा ठूलो राहत घोषणा गरेकी छन् ।

आर्थिक वर्ष २०२५-२६ को बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्रीले नयाँ आयकर स्ल्याब पनि घोषणा गरेकी छन् ।

यो घोषणाअनुसार नयाँ कर प्रणालीमा वार्षिक १२ लाख रुपैयाँसम्मको आम्दानीमा कुनै आयकर तिर्नुपर्ने छैन ।

तलब वर्गको स्ट्यान्डर्ड डिडक्सन ७५ हजार मात्र राखिएको छ, त्यसैले तलब वर्गको १२ लाख ७५ हजारसम्मको आम्दानी करमुक्त हुनेछ ।

करिब ७५ मिनेटको बजेट भाषणको अन्त्यमा वित्तमन्त्री निर्मला सीतारमणले नयाँ कर दरको घोषणा गरेकी हुन् ।

विज्ञहरूका अनुसार यो नयाँ करबाट सबैभन्दा बढी मध्यम वर्गलाई फाइदा हुने भएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register