झापाका पत्रकारलाई संसदीय पत्रकारिता तालिम

झापा, २४ जेठ । कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले प्रदेश सभाका बारेमा आमनागरिकलाई अझै बुझाउन नसकिएको बताउनुभएको छ । झापाको बिर्तामोडमा आज संसदीय पत्रकार मञ्च कोशी प्रदेश र प्रदेश सभा सचिवालय कोशी प्रदेशको सहयोगमा आयोजित ‘संसदीय रिपोर्टिङमा डिजिटल मिडिया र सूचनाको प्रयोग सम्बन्धी तालिम’मा सम्बोधन गर्नुहुँदै उहाँले प्रदेशको व्यापक चर्चा भए पनि प्रदेश सभाको विषयमा [...] The post झापाका पत्रकारलाई संसदीय पत्रकारिता तालिम appeared first on Jhapa Online.

Jun 7, 2025 - 13:32
 0
झापाका पत्रकारलाई संसदीय पत्रकारिता तालिम

झापा, २४ जेठ । कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले प्रदेश सभाका बारेमा आमनागरिकलाई अझै बुझाउन नसकिएको बताउनुभएको छ ।

झापाको बिर्तामोडमा आज संसदीय पत्रकार मञ्च कोशी प्रदेश र प्रदेश सभा सचिवालय कोशी प्रदेशको सहयोगमा आयोजित ‘संसदीय रिपोर्टिङमा डिजिटल मिडिया र सूचनाको प्रयोग सम्बन्धी तालिम’मा सम्बोधन गर्नुहुँदै उहाँले प्रदेशको व्यापक चर्चा भए पनि प्रदेश सभाको विषयमा आमनागरिकलाई बुझाउन नसकिएको बताउनुभयो ।

“प्रदेश सभाको विषयमा जनता अनिविज्ञ छन्”, उहाँले भन्नुभयो, “अझै पनि प्रदेश सभा के हो ? के हो ? भन्नेमा अनविज्ञतामा जनता छन्, यसको औचित्य र आवश्यकताबारे बुझाउन हामीले पनि सकेका छैनौं ।” पत्रकार र सञ्चारकर्मीले प्रदेशसभाका बारेमा आमनागरिकलाई बुझाउन भूमिका निर्वाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस कोशी प्रदेशका संसदीय दलका प्रमुख सचेतक गोपाल तमाङले कोशी प्रदेशले सञ्चार विधेयक निर्माण गरिरहेको बताउनुहुँदै आफूले समेत संशोधनका केही प्रस्ताव पेश गरेको बताउनुभयो ।

“सञ्चार विधेयक संशोधन भएर सञ्चारमैत्री सञ्चार ऐन आउँछ”, उहाँले भन्नुभयो, “यसले पत्रकार र सञ्चार क्षेत्रको विकासमा योगदान पु¥याउने छ ।” प्रदेस सभाका सांसदको विधायकी भूमिका जागरुक बनाउन पत्रकारको योगदान महत्वपूर्ण भएको उहाँको भनाइ छ ।

पत्रकार महासंघ कोशी प्रदेश उपाध्यक्ष अम्बिका भण्डारीले कोशी प्रदेशका सबै जिल्लाका पत्रकारलाई संसदीय पत्रकारिताको अभ्यास अवसर दिनुपर्नेमा जोड दिनुभयो । पत्रकार महासंघ झापा शाखा अध्यक्ष एकराज गिरीले कोशी प्रदेशमै झापा सबैभन्दा धेरै पत्रकार र सञ्चार गृह रहेकाले संसदीय पत्रकारिताको रिपोर्टिङका लागि तालिमले सहयोग मिल्ने बताउनुभयो ।

कार्यक्रममा प्रदेश सभा सदस्य निमसरी राजवंशीले संसदमा उठाएका कुरा जनता माझ पुर्याउन पत्रकारले अधिकतम् प्रयास कलम चलाउनुपर्ने बताउनुभयो ।

त्यस्तै, प्रदेश सभा सदस्य लखीकुमारी गणेशले प्रदेश सभा सदस्यले धेरै काम गरे पनि सोको प्रचार नहुँदा ‘जितेर के गरे ?’ भन्ने जनताले प्रश्न गरिरहेको बताउनुभयो । प्रदेश सभा सदस्य गोपाल तामाङले प्रदेश सभालाई अझ जिम्मेवार बनाउन पत्रकारको भूमिका बढी हुने बताउनुहुँदै उहाँले भन्नुभयो, “पत्रकारितामा राजनीति हावी हुँदा समस्या भएको छ ।”

प्रदेश सभा सदस्य गोपाल विश्वकर्माले सरकारसँग पत्रकार नियन्त्रित हुन नहुने बताउनुभयो । त्यस्तै, प्रदेश सभा सदस्य छविलाल चुडालले विषय उठान सही ढंगले उठान नहुँदा समाजमा नकारात्मक टिप्पणी भएको बताउनुभयो । बढी काम गर्ने सरकार प्रदेश सरकार भए पनि प्रचार नहुँदा प्रदेश सरकारको विषयमा प्रश्न उठ्ने गरेको उहाँले बताउनुभयो ।

प्रदेश सभा सदस्य राधाकृष्ण खनाल स्रोत साधन कम हुँदा जनअपेक्षा बढी हुँदा समस्या भएको बताउनुभयो । उहाँले भन्नुभयो, “कानून बनाउने विधाकय भए पनि जनताको बुझाइ अर्कै छ ।” जनताको समस्या र आवश्यकताको बारेमा कुरा राख्ने ठाउँ प्रदेश सभा भए पनि तीन मिनेटको पर्याप्त नभएको उहाँले बताउनुभयो ।

तालिममा कोशी प्रदेश सभा सचिवालयका शाखा अधिकृत निरोज ढकालले संसदीय खुलापन र कोशी प्रदेशसभामा यसको अभ्यास, संसदीय पत्रकार मञ्चका सल्लाहकार विवेक गौतमले संसद र पत्रकारबीचको अन्तरसम्बन्ध र कोशी प्रदेशका मुख्यमन्त्री प्रेस सल्लाहकार विक्रम लुइँटेलले सांसद र पत्रकारबीच सूचनाको प्रवाह, जवाफदेहिता र पारदर्शिताको विषयमा प्रशिक्षण दिनुभएको थियो ।

संसदीय पत्रकार मञ्च कोशी प्रदेश अध्यक्ष कुमार लुइँटेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन मञ्चका सचिव सुमन सुस्केराले गर्नुभएको थियो ।

The post झापाका पत्रकारलाई संसदीय पत्रकारिता तालिम appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register