ओलीवादको एकछत्र युग सकियो

विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो अभिव्यक्ति र सार्वजनिक सक्रियता नेकपा एमालेको नेतृत्व समीकरणमा गहिरो तरंग ल्याएको छ। उनले सोमबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग गरेको कुराकानीले अब एमालेभित्र ‘ओलीपछिको नेतृत्व कसको’ भन्ने बहसलाई औपचारिक तहमा पुर्‍याएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको पछिल्लो भनाइ र भण्डारीको जवाफ शैलीले संकेत गर्छ— एमाले अब एउटै अनुहारको भरमा अगाडि […]

Jun 10, 2025 - 07:28
 0
ओलीवादको एकछत्र युग सकियो

विराटनगर ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो अभिव्यक्ति र सार्वजनिक सक्रियता नेकपा एमालेको नेतृत्व समीकरणमा गहिरो तरंग ल्याएको छ। उनले सोमबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग गरेको कुराकानीले अब एमालेभित्र ‘ओलीपछिको नेतृत्व कसको’ भन्ने बहसलाई औपचारिक तहमा पुर्‍याएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको पछिल्लो भनाइ र भण्डारीको जवाफ शैलीले संकेत गर्छ— एमाले अब एउटै अनुहारको भरमा अगाडि बढ्न सक्ने अवस्थामा छैन।

भण्डारीले स्पष्ट रूपमा भनिन्— वाम एकता अहिले सम्भव छैन, कारण हो आपसी अविश्वास। उनले आफैंलाई वामपन्थी विचारको निरन्तरता र राष्ट्रिय आकांक्षाको प्रतिनिधिको रूपमा प्रस्तुत गरिन्। उनी भन्छिन्, “जहाँ जन्में, हुर्कें, राजनीति सुरु गरें— त्यही विचार र संगठन मेरो मूल हो। यो भनाइ मात्र होइन, उनले चीन भ्रमणपछि झापा आएर एमालेले आयोजना गरेको कार्यक्रममा सहभागी भएको शैली र अब एमालेका कार्यकर्तासँग ‘अनुमति नलिई’ जनसम्पर्कमा जान थालेको क्रमले उनको भविष्यको राजनीतिक आकांक्षा झल्किन्छ।

ओलीको संकेत र भण्डारीको जवाफ
प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओलीले अनेरास्ववियुको राष्ट्रिय सम्मेलनमा ‘पार्टीको भविष्य नेतृत्वबारे’ गरेको टिप्पणीलाई धेरैले विद्या भण्डारीप्रति लक्षित भनेका छन्। तर भण्डारीको जवाफ कडा छ— म गुट नगर्ने मान्छे हुँ, उहाँले मलाई लक्षित गरेर भन्नु भएको होला भन्ने लाग्दैन। भण्डारीले एमालेको महाधिवेशन आउँदै गर्दा कार्यकर्तालाई थुमथुम्याउने भाषालाई ओलीको ‘संकेत शैली’ मात्र मानिन्।

उनको भनाइमा गहिरो संकेत छ— “पार्टीगत रूपमा म जुन पार्टीबाट जन्मेँ, हुर्केँ र यो स्थानमा पुगेँ, त्योभन्दा फरक त सोच्न सकिन्न।ू यसले भण्डारी अब पुनः पार्टी सक्रिय भूमिकामा फर्किन सक्ने आशंका मात्र होइन, सम्भावनाको सन्देश पनि दिन्छ।

ओलीवादले मात्र अब एमाले चल्दैन
नेकपा एमालेका नेतृत्व तहमा धेरै समयदेखि ‘ओली केन्द्रित एकछत्र शैली’ आलोचना र असन्तुष्टि झेल्दै आएको छ। कार्यकर्तामा वामपन्थी संगठनको लोकतान्त्रिक चरित्रबारे प्रश्न उठ्दै आएको बेला, भण्डारीले दिएको सन्देशलाई धेरैले ‘संरचनागत सुधार र वैकल्पिक नेतृत्वको माग’ का रूपमा पनि हेरेका छन् ।

उनले सक्रिय राजनीतिमा फर्किने सन्दर्भमा खास खण्डन त गरिनन्, बरु राष्ट्रिय आकांक्षा, नयाँ पुस्ताको आशा र समाजवादी अर्थतन्त्रको कार्यान्वयनमा भूमिका खेल्न आफू तयार रहेको संकेत दिइन्। ‘राष्ट्रिय आकांक्षा पूरा गर्न जहाँ जसरी हुन्छ काम गर्ने हो,’ भन्ने भनाइ त्यसकै पुष्टि हो।

वाम एकता सम्भव छैन — किन ?
चीन भ्रमणपछि वाम एकता सशक्त हुने चर्चा चलिरहँदा भण्डारीले ‘विश्वासको संकट’ लाई वाम गठबन्धन असफल हुने मूल कारणको रूपमा देखाएकी छन्। उनी भन्छिन्, ‘वाम एकता भए पनि टिक्दैन, किनभने विश्वास छैन।’ यो भनाइले एकातिर वाम दलहरूप्रतिको उनको गम्भीर दृष्टिकोण देखाउँछ भने अर्कोतिर एमालेभित्र नयाँ धार निर्माणको संकेत पनि दिन्छ।

विद्या भण्डारी अब पार्टीको मुख्य धारमा फर्किने तयारीमा छन् भन्ने कुराको संकेत उनी आफैंबाट आएको छ। उनी एमालेको भावी नेतृत्वकी सम्भावित प्रतिस्पर्धी मात्रै होइनन्, अब पार्टीको लोकप्रिय अनुहार बन्ने दिशामा अगाडि बढिरहेको देखिन्छ।
वर्तमान अध्यक्ष ओलीको ‘एकछत्र शैली’ अब कमजोर हुँदै गइरहेको आभास पार्टीभित्रै बढ्दै छ, र यो परिवर्तनको चाहना नयाँ पुस्तामा पनि स्पष्ट देखिन थालेको छ।

यही बेला भण्डारीको उदयले एमालेको आगामी महाधिवेशनमा एउटा सशक्त नेतृत्व प्रतिस्पर्धा सुनिश्चित बनाउने छ— जसले अब ओलीवाद मात्र हैन, भण्डारी ब्राण्डको विचार र कार्यशैली पनि एमालेभित्र निर्णायक बन्नेछ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register