‘अर्थमन्त्री र गभर्नरबीच दरार खोज्नेहरु निराश हुनेछन्’- अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले वित्त नीति र मौद्रिक नीतिबीच दरार खोज्नेहरु आगामी दिनमा निराश हुने बताएका छन् । काठमाडौँमा क्लिकमाण्डु डटकमले आयोजना गरेको ‘प्रि मनिटरी पोलिसी डिस्कसन’ मा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । उनले मौद्रिक नीति र वित्तबीचको आपसी सन्तुलन, अर्थ मन्त्रालय र राष्ट्र बैंकबीचको आपसी सम्बन्ध, अर्थमन्त्री र गभर्नरबीचको सम्बन्धको विषय […]

Jun 10, 2025 - 07:32
 0
‘अर्थमन्त्री र गभर्नरबीच दरार खोज्नेहरु निराश हुनेछन्’- अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले वित्त नीति र मौद्रिक नीतिबीच दरार खोज्नेहरु आगामी दिनमा निराश हुने बताएका छन् । काठमाडौँमा क्लिकमाण्डु डटकमले आयोजना गरेको ‘प्रि मनिटरी पोलिसी डिस्कसन’ मा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।

उनले मौद्रिक नीति र वित्तबीचको आपसी सन्तुलन, अर्थ मन्त्रालय र राष्ट्र बैंकबीचको आपसी सम्बन्ध, अर्थमन्त्री र गभर्नरबीचको सम्बन्धको विषय केही समयदेखि छलफल र चर्चाको विषय बन्ने गरेको उल्लेख गर्दै यस्तो देख्दा दुःख लाग्ने बताएका छन् । 

अर्थ मन्त्रालय र राष्ट्र बैंकका बीचमा, अर्थमन्त्री र गभर्नरका बीचमा कुनै असहमझदारीको परिकल्पना राज्य प्रणालीले नगरेको अर्थमन्त्री पौडेलले जिकिर गरेका छन् । उनले यी दुई संस्था र पदाधिकारीका बीचमा जीवन्त र घनिष्ट सम्बन्धको अपेक्षा गरिएको बताएका छन् । साथै उनले उचित संयोजन र सन्तुलन कायम हुनसके, पारस्परिक सम्बन्धी जीवन्त हार्दिक हुनसके र एकले अर्काका विषयहरु सुन्ने, बुझ्ने र सघाउने उद्देश्यका साथ अघि बढ्नसके भने समग्र अर्थतन्त्रलाई अघि बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् । 

यि दुई संस्था र दुई निकायका बीचमा मौद्रिक नीति, वित्त नीतिका बीचमा सही सन्तुलन हुन नसके त्यसले अर्थतन्त्रको गतिलाई नकारात्मक प्रभाव पर्ने अर्थमन्त्रीको भनाई छ । उनले मौद्रिक नीति र वित्त नीतिमध्ये एउटाले रोक्ने र अर्कोले खोल्ने बाटोबाट हिँड्ने नभइ यि दुईबीचमा सन्तुलन कायम गर्दै अघि बढ्ने प्रतिवद्धता समेत जनाएका छन् ।  

त्यस्तै, अर्थमन्त्री पौडेलले आफ्ना सीमाभित्र रहेर समस्या केन्द्रित र समाधानउन्मुख सार्थक प्रयासमा सँगै अगाडि बढ्ने र मुलुकको अर्थतन्त्र गतिशील बनाउन प्रयास गर्ने बताएका छन् । हाल मुलुकको अर्थतन्त्र दबाबमा रहेको भन्ने मनोविज्ञान रहेको बताउँदै अर्थमन्त्री पौडेलले आफूहरुको जिम्मेवारी समस्या छ भनेर समस्याको वर्णन गर्नमा सीमित हुन नहुने बताएका छन् । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register