रेमिट्यान्समा नयाँ कीर्तिमानी रेकर्ड, बैशाखमा मात्रै साढे १ खर्ब भित्रियो

काठमाडौँ । चालु आर्थिक वर्षको पछिल्लो एक महिनामा साढे १ खर्बबढी रेमिट्यान्स नेपाल भित्रिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार बैशाख महिनामा १ खर्ब ६५ अर्ब ३० करोड रेमिट्यान्स नेपाल भित्रिएको हो । एकमहिनाको अवधिमा भित्रिएको रेमिट्यान्समध्ये यो हालसम्मकै उच्च हो । यसअघि फागुन २०८१ मा सबैभन्दा धेरै १ खर्ब ५१ अर्ब २० करोड […]

Jun 10, 2025 - 07:56
 0
रेमिट्यान्समा नयाँ कीर्तिमानी रेकर्ड, बैशाखमा मात्रै साढे १ खर्ब भित्रियो

काठमाडौँ । चालु आर्थिक वर्षको पछिल्लो एक महिनामा साढे १ खर्बबढी रेमिट्यान्स नेपाल भित्रिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार बैशाख महिनामा १ खर्ब ६५ अर्ब ३० करोड रेमिट्यान्स नेपाल भित्रिएको हो । एकमहिनाको अवधिमा भित्रिएको रेमिट्यान्समध्ये यो हालसम्मकै उच्च हो ।

यसअघि फागुन २०८१ मा सबैभन्दा धेरै १ खर्ब ५१ अर्ब २० करोड रेमिट्यान्स भित्रिएर कीर्तिमान बनेको थियो भने उक्त कीर्तिमान बैशाखमा तोडिएको छ ।

राष्ट्र बैंकका अनुसार बैशाख मसान्तसम्म १३ खर्ब ५६ अर्ब ६१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । उक्त रेमिट्यान्स गत वर्षको १० महिनाको तुलनामा १३.२ प्रतिशतले  बढी हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register